जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।०२।१४ देखि २०८०।०२।२० गते सम्म (ई.सं. २०२३, २२औं हप्ता) ।
साप्ताहिक अंक: २२/२०२३
१. सि.बा.म. अस्पतालको स्तरोन्नति सम्वन्धि समझदारी
२. दन्त परिक्षण शिविर ।
३. परियोजना संझौता संशोधन
४. नियमित साप्ताहिक बैठक
क्र.सं. | कामको विवरण | जिम्मेवारी | प्रगति विवरण |
१ | DPAC/MPAC/WPAC: आम्दा नेपाल अन्तर्गत दातृ संस्थाको सहयोगमा सञ्चालिन हुने परियोजनाहरुको सञ्चालन स्विकृति तथा तोकिए बमोजिमको प्रतिवेदन नियमित रुपमा समाज कल्याण परिषदमा पेश नभएको जानकारी संकलन व्यबस्था मिलाउने । |
उमेश आचार्य |
आम्दा नेपाल अन्तर्गत सञ्चालित सम्पुर्ण कार्यालयहरुलाई कार्यक्रम स्विकृति र प्रतिवेदन पेश गर्न पत्राचार भएको । |
२ | सूचीदर्ता अध्यावधिक गर्नेः आपुर्तिकर्ताहरुको सूची अध्यावधिक गर्न/गराउन र सो को प्रक्रिया बारेमा सम्बन्धित कर्मचारीहरुलाई अभिमुखिकरण गर्ने । | उमेश आचार्य | तयारी भइ रहेको । |
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समयतालिका |
१ | योजना र कार्यक्रमः साधारण सभाले स्विकृत गरेको नीति योजना कार्यक्रम र बजेटलाइ एकत्रित गरी प्रकाशन योग्य बनाउने र सम्वन्धित कार्यालयहरूलाइ पत्रसाथ जानकारी गराउने |
उमेश आचार्य | २०८००३१५ |
२ | स.क.प. प्रस्तावनाः दातृ निकायहरूको सहयोगमा आम्दा नेपालले सञ्चालन गर्दै आएका परियोजनाहरूको परियोजना प्रस्ताव तयार गरी समाज कल्याण परिषद्मा स्विकृतिका लागी पेश गर्ने |
अच्युत सापकोटा | २०८००२३० |
३ | उत्सव/दिनको विवरणः आम्दा नेपालले उत्सव वा पर्वको रूपमा मनाउने दिनहरूको सुचि अध्यावधिक गरी सम्वन्धित सबैलाइ जानकारी गराउने | उमेश आचार्य | २०८००३१५ |
४ | दर्ता नविकरणः आम्दा नेपाल संस्था र संस्था अन्तरगतका सम्पूर्ण कार्यालयहरूले दर्ता/नविकरण गराउनु पर्ने कामको विवरण तयार गरी तोकिएको ढाँचामा अध्यावधिक गराइ राख्ने व्यवस्था गर्ने | उमेश आचार्य | २०८००२३० |
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी | समयतालिका |
१ | प्रस्तावना पेश गर्नेः गोकर्णेश्वर नगरपालिका र आम्दा नेपालको सहकार्यमा स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रम, प्रजनन स्वास्थ्य कार्यक्रम, सामुदायिक विद्यालय मनोचिकित्सा कार्यक्रम र दाँतको स्वस्थता कार्यक्रम, प्राकृतिक विपत्ति पूर्वतयारी कार्यक्रम सञ्चालन गर्न प्रस्तावना पेश गर्ने |
उमेश आचार्य |
२०८००२२५ |
२ | प्रस्तावना माग गर्नेः आम्दा नेपाल मातहतका सम्पूर्ण अस्पतालमा एकिकृत प्रणालीको अस्पताल व्यवस्थापन सफट्वेयर जडान गर्न प्रस्तावना माग गर्न सुचना प्रकाशन गर्ने । |
उमेश आचार्य | २०८००२२५ |
३ | CCTV निगरानीः आम्दा नेपालमा जडित CCTV हरू मार्फत नियमित रूपमा शंकास्पद गतिविधको निगरानी गर्ने प्रवन्ध मिलाउन कर्मचारीलाइ अभिमुखिकरण गर्ने |
रामबाबु देव | २०८००२३० |
४ | नियमित विपरित काम गरेकोमा कारवाहीः आम्दा नेपालको नियम विपरित काम गरेकोमा कर्मचारी नियमवलीमा तोकिए वमोजिम कारवाही गर्नका लागी निलम्बन गरिरहनु नपर्ने व्यहोरा स्पष्ट गर्ने । |
उमेश आचार्य | २०८००२२५ |
५ | ठेगाना प्रमाणित गराउनेः आम्दा नेपालको केन्द्रीय कार्यालय अवस्थित स्थानको ठेगाना, संघीय संरचना पछि परिवर्तन भएकोमा परिवर्तित ठेगाना, गोकर्णेश्वर नगरपालिकाबाट प्रमाणित गराउने |
अच्युत सापकोटा | २०८००२२५ |
५. तस्विरहरु

MOU signed to upgrade SCWH at office of AMDA international, Japan