जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।०१।३१ देखि २०८०।०२।०६ गते सम्म (ई.सं. २०२३, २०औं हप्ता) ।
साप्ताहिक अंक: २०/२०२३
१. ६२ औं साधारण सभा सम्पन्न
१.२ आ.ब. २०८०।८१ को नीति, योजना, कार्यक्रम र बजेट
१.३ नियमावली तथा कार्यविधिहरु संशोधन
१.४ लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक
१.५ आम्दा नेपाल संस्था र कार्यक्रमहरुको नविकरण
२. दातृ निकायको अवलोकन तथा निरिक्षण भ्रमण ।
डा. योगेन्द्र प्रसाद सिंहको सहजीकरणमा त्रि.वि. शिक्षण अस्पताल र अस्पतालमा उपलब्ध क्यान्सर रोकथाम तथा उपचार सेवाको जानकारी हासिल ।
२.२ सामुहिक भेटघाट तथा अन्तरकृयाः
वि.सं. २०८०।०२।१३ गते स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाले आयोजना गरेको शिविरमा संलग्न भई अवलोकन ।
३. क्यान्सर परिक्षण शिविर सम्पन्न
४. नियमित साप्ताहिक बैठक
वि.सं. २०८०।०२।०८ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
- परियोजना स्विकृति
- कार्य सम्पादन मूल्याङ्कन
- नमूना एवं ढाँचा अध्यावधिक
- प्रतिवेदन तयारी र वितरण
- जनशक्ति व्यवस्थापन
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समयतालिका |
१ | छपाई नमुना अध्यावधिक गर्नेः आम्दा नेपालको प्रशासनिक काममा प्रयोग भइरहेको छपाइ नमुनाहरु यो साता भित्र अध्यावधिक गरि नमुनाहरु आम्दा नेपालको वेभसाईटमा राख्ने । अध्यावधिक गरिने सम्पूर्ण नमूनाहरू आ.व. २०८०/०८१ बाट अनिवार्य प्रयोगमा ल्याउने । |
सुदेश रेग्मी |
१ साता |
२ | आन्तरिक व्यबस्थापन समिति अध्यावधिक गर्नेः आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, शैक्षिक कार्यक्रम तथा परियोजनाहरुमा रहेका आन्तरिक व्यबस्थापन समिति तथा उपसमितिहरूको विवरण संकलन गरी सम्वन्धित कार्यालयको वेभसाइड समेतमा अध्यावधिक गर्ने । |
- उमेश आचार्य - रामबाबु देव |
१ साता |
ग. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी | समयतालिका |
१ | साधारण सभाबाट प्राप्त सुझाव कार्यान्वयनः आम्दा नेपालको ६२ औं साधारण सभामा सहभागी महानुभावहरूबाट आफ्नो मन्तव्यको क्रममा उठान गरेका निम्न विषयवस्तुहरूलाइ कार्यालयस्तरबाट गर्न सकिने सम्मको काम प्राथमिकता साथ सम्पन्न गर्ने |
सुदेश रेग्मी |
१ साता |
१.१ |
साधारण सभामा प्रगति प्रस्तुत गर्दा छोटकरी नाम प्रयोग नगर्नेः
|
रामबाबु देव | १ साता |
१.२ | आम्दा नेपालका नियम तथा कार्यविधिको पहुँचः आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूको प्रशासन शाखा मार्फत तहाँका सम्पूर्ण विभागहरूमा एक थान आम्दा नियम संग्रह उपलब्ध गराउने । आम्दा नेपालका नीति, नियमहरूलाइ आम्दा नेपालको वेभपेजमा व्यवस्थित भण्डारण गर्ने । |
उमेश आचार्य रामबाबु देव |
२ साता |
१.३ | वेभसाइडका विवरणहरूको नियमित सुपरिवेक्षणः आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, शैक्षिक कार्यक्रम, परियोजना लगायतका कार्यक्रमहरुको वेवसाईट मासिक रुपमा अध्यावधिक गर्न/गराउन पत्राचार गर्ने । |
उमेश आचार्य | १ साता |
१.४ | सेवाग्राहीको सुझाव लिने व्यवस्थाः आम्दा नेपालका सेवाग्राही वा सरोकारवाला जो कोही आम्दा नेपालका सेवा सुधारका लागी सुझाव दिन सक्ने व्यवस्थाका लागी वेभसाइड मार्फत info@amda.org.np सुझाव प्राप्त हुन सक्ने व्यवस्था गर्ने । सुझाव पेटीका तथा अन्य माध्यमबाट प्राप्त सुझावहरू समेत प्रत्येक हप्ता संकलन खोलेर छलफल गर्ने जो को जानकारी साप्ताहिक गतिविधिमा समेट्ने व्यवथा गर्ने । |
उमेश आचार्य | १ साता |
१.५ | विस्तारित सेवाको जानकारी र सेवाशूल्कको निरिक्षणः आम्दा नेपाल मातहतका अस्पतालहरूको सेवा सञ्चालन कार्यविधिलाइ थप स्पष्ट गरी विस्तारित सेवालाइ थप व्यवस्थित र मर्यादित बनाउन आवश्यक व्यवस्था गर्ने । |
सुदेश रेग्मी | असार मसान्त |
१.६ |
नियमित जनसम्पर्कः
|
सुदेश रेग्मी | असार मसान्त |
२ | अवलोकन/निरिक्षण भ्रमण प्रतिवेदन आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा सञ्चालित महिलाहरूको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाको दातृ संस्था आम्दा माइण्स् (AMDA MINDS) तथा आम्दा माइण्स् मार्फत सहयोग गर्ने डाइची स्यान्क्यो (Daiichi Sankyo) का प्रतिनिधिहरुको अवलोकन/निरिक्षण भ्रमणको प्रतिवेदन तयार गर्ने । |
सृजना श्रेष्ठ | २ साता |
३ | सफ्टवेयरको प्रयोग आम्दा नेपालको प्रयोगमा रहेको रिगो सफ्टवेयर प्रणालीमा हाल सम्म परियोजनाहरुको लेखा रेकर्ड नभएको पाईएकाले यथाशक्य छिटो आम्दा नेपाल अन्तर्गत सञ्चालित सम्पुर्ण कार्यालयहरुको लेखा रिगो सफ्टवेयर राख्ने व्यबस्था गर्ने । |
रश्मी पुतुवार | असार १५ |
५. गतहप्ताका गतिविधिका तस्विरहरू
![]() |
![]() |
|
62 General Assembly_20800206 | Donor Visit (AMDA MINDS, Daiichi Sankiyo)_20800206 |