Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-05-07
Expiry Date: 2023-06-13

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।०२।०१ गते, सोमवार (इ. सं. २०२३ मई १५)
(अवधि वि.सं. २०८०।०१।२४ देखि २०८०।०१।३० सम्म । ई.सं. २०२३, १९ औं हप्ता)
 

१. कार्यकारिणि समितिको वैठक सम्पन्न
  वि.सं. २०८०।०१।२९ गते आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा कार्यकारिणी समितिको अठारौं बैठक निम्न विषयमा निर्णय सहित सम्पन्न भएको छ । 
क. आम्दा नेपालको ६२ औं साधारण सभाको कार्यक्रम तालिका
ख. आम्दा नेपालको ६२ औं साधारण सभामा प्रस्तुत गर्ने प्रस्तावहरू
ग. जापान भ्रमण
घ. छ महिना भित्र चेक नसाटेमा आम्दानी जनाउने
ङ.खरिद कार्यविधि संशोधन
च. बैंक खाता बन्द गर्ने
छ. बैंकहरूमा पदाधिकारीहरूको विवरण अध्यावधिक गर्ने
ज. नाक, कान, घाँटी विशेषज्ञ नियुक्ति
झ. अनुदान सहयोग लिने
ञ. कर्मचारी नियुक्तिको परिक्षाफल
ट. परियोजना संझौता
ठ. एम्बुलेन्स सञ्चालन
ड. दाता संस्थाको निरिक्षण भ्रमण
ढ. श्रमको फैसला विरूद्द रिट दर्ता
 
व्यबस्थापन समन्वय बैठक सम्पन्न ।
सिद्दार्थ वाल तथा महिला अस्पताल, बुटवल र आम्दा नेपाल केन्द्रिय कार्यालयका व्यबस्थापनमा रहेका कर्मचारीहरु विच अस्पतालको दैनिक कार्य सम्पन्न गर्ने क्रममा बाँकि रहेका कार्यलाई सम्पन्न गर्न निम्न विषयहरुमा छलफल गरि जिम्मेवारी तोकि व्यबस्थापन सम्न्वय बैठक मिति २०८०।०१।२६ गते सम्पन्न भएको छ ।
क. आमा सुरक्षा कार्यक्रम
ख. सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको विमा योजना
ग. विस्तृत परियोजना प्रतिवेदन
घ. मेडिकल सुपरिन्टेन्डेन्ट लगायत टोलीको जापान भ्रमणको तयारी
ङ. प्रतिवेदन तयारी
च. व्यवसायिक योजना तयारी
 
३. परियोजना व्यबस्थापन तालिम सम्पन्न
ईपिक नेपाल (FHI 360) ले आयोजना गरेको, आम्दा नेपाल कार्यकारिणि समितिका पदाधिकारी, ईपिक परियोजना ईटहरी र आम्दा नेपाल केन्द्रिय कार्यालयमा कार्यरत कार्मचारीहरु सहित जम्मा १३ जनाको सहभागिता रहेको एक दिने ‘टिम बिल्डिङ्’ तथा दुई दिने ‘कार्यक्रम व्यबस्थापन तालिम’ होटेल मनास्लु, लाजिम्पाटमा मिति २०८०।०१।२९ गते सम्पन्न भएको छ ।
 

४. क्यान्सर परिक्षण शिविर सम्पन्न
गोकर्णेश्वर नगरपालिका र आम्दा नेपाल विचको समझदारी अनुरूप सञ्चालन हुदै आएको महिलाहरूको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं. १ को  नयाँपाटी स्वास्थ्य केन्द्रमा वि.सं. २०८०।०१।३ ०गते सञ्चालित शिविरमा जम्मा ४६ जना महिलाहरुको परिक्षण सम्पन्न गरिएकोमा एक जना महिलामा VIA पोजेटिभ देखिएको छ ।
 

५. नियमित साप्ताहिक बैठक
      
वि.सं. २०८०।०२।०१ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
   ख. यस हप्ता गर्नु पर्ने कार्यहरुको विवरण
   ग. बैठकको निर्णय ।
    
१. विशेष सेवा करार अनुरूप पारिश्रमिक निर्धारणः
         
आम्दा मेची अस्पतालमा कार्यरत कर्मचारीको विशेष सेवा करार संझौता स्थानियस्तरको सामर्थ र स्विकृत दरवन्दिका आधारमा नियुक्त गर्न सक्ने व्यहोरा               जानकारी गराउने ।
    २. औषधि पसल सञ्चालनः
आम्दा मेची अस्पतालको औषधि पसल सञ्चालन सम्वन्धमा आवश्यक निर्णय गरी वि.सं. २०८०।०४।०१ गते बाट नयाँ प्रवन्ध गर्न सुझाव दिने ।
     ३. परामर्शदाता छनौट कार्यविधिः
         आम्दा नेपाललाइ आवश्यक परेको परामर्शदाता छनौट गर्दा अपनाउनु पर्ने विधिर संझौता पछि कार्यको निर्धारण, सुपरिवेक्षण, प्रशासनिक प्रमाणिकरण, भुक्तानी र प्रतिवेदन सार्वजनिक गर्ने व्यबस्था कायम                 सुनिश्चित हुने गरी परमर्शदाता छनौट कार्यविधि अध्यावधिक गर्न आवश्यक व्यवस्था गर्ने ।
     ४. सफ्टवेयर छनौट तथा अध्यावधिकः
         आम्दा नेपालले प्रयोग गर्दै आएका सफ्टवेयरहरूको पृष्ठपोषण संकलन गरी सफ्टवेयरले सर्पोट गर्नु पर्ने न्यूनतम फिचर सहितको विवरण पत्र तयार गर्ने राम बाबु देवलाइ जिम्मेवारी तोक्ने ।
 
६. गतहप्ताका गतिविधिका तस्विरहरू
 
Program Management and Team Building_Manaslu Hotel, Kathmandu_20800127-29

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.