Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-04-16
Expiry Date: 2023-04-29

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ

साप्ताहिक गतिविधि

 

प्रकाशन मितिः २०८०।०१।१९ गते, सोमवार (इ.सं. २०२३ मई २) (अवधि वि.सं. २०८०।०१।१० देखि २०८०।०१।१६ सम्म । ई.सं. २०२३, १७औं हप्ता)

१. पदपुर्तिको छनौटको सूचना प्रकाशन

आम्दा नेपालले वि.सं. २०७९।१२।२४ गते प्रकाशन गरेको सुचना वमोजिम लिएको लिखित तथा मौखिक परिक्षाको अन्तिम परिक्षाफलको सुचना वि.सं. २०८०।०१।१२ गते प्रकाशित गरिएको छ ।

२. व्यवस्थापन कार्यशाला सम्पन्न

आम्दा नेपालको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति, योजना, कार्यक्रम र बजेटको प्रस्ताव कार्यकारिणि समितिमा पेश गर्न तयार गरिएको प्रस्ताव माथि छलफल गर्न आम्दा नेपाल अन्तर्गत सञ्चालित संपुर्ण कार्यक्रमहरुका कार्यालय प्रमुख सहितका कर्मचारीहरूको उपस्थितिमा वि. सं. २०८०।०१।१० र ११ गते आम्दा नेपाल केन्द्रिय कार्यालयमा व्यबस्थापन कार्यशाला सम्पन्न भएको छ ।

३. त्रैमासिक समिक्षा गोष्ठि सम्पन्न

आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिकाको सहकार्य तथा आम्दा माईण्स् को सहयोगमा सञ्चालित स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाको तेस्रो वर्षको पहिलो त्रैमासिकको समिक्षा बैठक वि.सं. २०८०।०१।१५ गते सम्पन्न भएको छ ।

४. वित्त नियन्त्रकको विदाई कार्यक्रम

आम्दा नेपाल केन्द्रिय कार्यालयमा कार्यरत वित्त नियन्त्रक (Finance Controller) श्री अन्जना कोईरालाले पदबाट दिएको राजिनामा स्विकृत भई कार्यावधि समाप्त भएकाले कार्यकारिणी समिति तथा कार्यरत कर्मचारीहरुको उपस्थितिमा सम्मान पुर्वक मिति २०८०।०१।१३ गते विदाई कार्यक्रम गरियो ।

५. नियमित साप्ताहिक बैठक

क. अघिल्लो बैठकको समिक्षा ।

- पर्व, दिवस, उत्सव सुचि अध्यावधिक गर्ने

- जनशक्ति विवरण

- डाटा व्याकअप

- श्रम फैसलाको कार्यान्वयन

- ओम सत्यदेवी साइ केन्द्र मार्फत प्राप्त एम्बुलेन्स सि.बा.म. अस्पतालमा सञ्चालन हुने ।

ख. बैठकको निर्णय ।

- वार्षिक नीति, योजना, कार्यक्रम र बजेट तयारी ।

- लुक्ला अस्पताल सञ्चालनका लागी मनशायपत्र पेश गर्ने ।

ग. यस हप्ता गर्नु पर्ने कार्यहरुको विवरण

- संस्थागत क्षमता पहिचान सम्वन्धि तालिम/गोष्ठी ।

- सरकारी निकायबाट लिनु पर्ने स्विकृति/नविकरण सम्वन्धि कामको विवरण अध्याधिक गर्ने

६. गतहप्ताका गतिविधिका तस्विरहरू

क) त्रैमासिक समिक्षा गोष्ठी

 

Management Workshop_Central office, Kathmandu_20800110-11



धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.