Published Date: 2025-04-21
Expiry Date: 2025-04-26
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८२।०१।०८ गते, सोमवार
अवधिः वि.सं २०८१।१२।३१ देखि वि.सं.२०८२।०१।०५ गते सम्म (ई.सं २०२५ १६ औं हप्ता)
साप्ताहिक अंक: १६।२०२५
१. विमा नीति पुनरावलोकन ।
आम्दा नेपालको विमा नीति पुनरावलोकन लागी वि.सं.२०८२।०१।०३ गतेको पत्र मार्फत लेखि पठाइएको छ र यसै सन्दर्भमा सरोकारवाला व्यक्तिहरूलाइ अभिमुखीकरण प्रयोजनका लागी अनलाइन सर्भेक्षण तयार गरिएको छ ।
२. द्वन्द तथा गुनासा व्यवस्थापन ।
आम्दा नेपाल मातहतका कार्यालयहरूले प्रदान गर्ने सेवाहरू सेवाग्राही मैत्री वनाउनका लागी गुनासा तथा सुझाव कार्यान्वयनको स्थिति अध्यावधिक गर्ने र सुझाव संकलन गर्ने प्रणालीलाइ थप व्यवस्थित गर्न परिपत्र जारी गरिएको छ ।
३. मानवीय सहायता कार्यक्रम ।
प्राकृतिक विपत्ति प्रभावितहरू लक्षित आम्दा नेपालले सञ्चालन गर्ने मानवीय सहायता कार्यक्रम अन्तरगत काभ्रे जिल्लाको वेथानचोक क्षेत्रमा एक दिने स्वास्थ्य शिविर सञ्चालनका लागी प्रस्तावना पेश गरिएको छ ।
४. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८२।०१।०३ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।
क्र. सं. |
कामको विवरण |
१ |
नीति योजना र कार्यक्रम
- आ.व. २०८२/०८३ का लागी नीति, योजना, कार्यक्रम र वजेट तयार गर्ने ।
|
२ |
USHEC परियोजना समापन
- आम्दा नेपाल र USAID/Nepal विच सम्पन्न संझौताको अधिनमा सञ्चालित USAID Sustainable HIV Epidemic Control परियोजनाको समापनको जानकारी सरोकारवाला निकायहरूलाइ गराउने ।
|
धन्यवाद ।