Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-04-25
Expiry Date: 2023-04-30

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा

साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०१।११ गते
(अवधि वि.सं. २०८०।०१।०५ देखि २०८०।०१।११ सम्म । ई.सं. २०२३, १६ औं हप्ता)

 
१. आम्दा अस्पतालमा ४२ दिने OTTM तालिम सन्चालन सुरु भएको छ ।
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८०।०१।१० देखी राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, काठमाडौँ र NHTC को support मा "OTTM-Operation theatre technique and Management" को 2nd Phase तालिम/कार्यक्रम यस आम्दा अस्पतालको तालिम हल,  दमकमा सुरु भएको छ l उक्त तालिमको उद्घाटन NSI को Training Officer श्री बिद्या गुरुङ ले गर्नु भएको थियो, साथै उक्त कार्यक्रममा आम्दा अस्पतालबाट डा. बिम्ला बुढाथोकी, पुनम गौरो(मेट्रोन) र टिका सुबेदी(तालिम अधिकृत) ले उक्त तालिम उद्घाटन कार्यक्रममा उपस्थिती जनाउनु भयो l ४२ दिनसम्म संचालन हुने उक्त तालिमले Operation Theatre सम्बन्धि तालिम संचालन गर्ने OTTM तालिम संयोजक कमला घिमिरेले जानकारी दिनुभयो ।
२. “Pediatric” तालिममा सहभागी भएको बारे ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु काठमाडौँको आयोजनामा मिति २०८०/०१/१० देखि २०८०/०२/११ गते सम्म कान्ति बाल अस्पताल, महाराजगन्ज, काठमाडौँमा “Pediatric” सम्बन्धि तालिम सुरु भएको छ l उक्त तालिममा आम्दा अस्पताल, दमक बाट दिप्ती भुजेल (staff Nurse)लाई तालिममा पठाइएको छ l
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.