Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-03-31
Expiry Date: 2025-04-05

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।१२।१८ गते, सोमबार
अवधिः वि.सं २०८१।१२।१० देखि वि.सं.२०८१।१२।१६ गते सम्म (ई.सं २०२५ १३ औं हप्ता)
साप्ताहिक अंक: १३।२०२५


१. कार्यकारिणी समितिको २० औं बैठक सम्पन्न
आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालको अध्यक्षतामा कार्यकारिणी समितिको २० औं बैठक वि.सं. २०८१।१२।१४ गते निम्न विषयहरूमा निर्णय सहित सम्पन्न भएको छ ।
२. क्यान्सर परिक्षण शिविर सम्पन्न ।
गोकर्णेश्वर नगरपालिकाको सहयोगमा आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर वि.सं. २०८१।१२।१६ गते वडा नं. १ स्थित सुन्दरिजल स्वास्थ्य चौकि, मुलखर्कमा सम्पन्न भएको छ । उक्त शिविरमा ४० जना महिलाहरूले परिक्षण गराएकामा ३ जनामा VIA positive  देखिएको थियो ।

३. कार्यक्रम सञ्चालन तथा व्यवस्थापन पुनर्संरचना कार्यदल ।
आम्दा नेपालले विभिन्न दातृ निकायको आर्थिक सहयोगमा सञ्चालन गर्दै आएका परियोजनाहरूबाट प्राप्त हुने व्यवस्थापन खर्च अधिकतम कटौति भएको र नियमित कार्यक्रमको रूपमा सञ्चालित अस्पताल एवं क्लिनिकहरूको सञ्चालनका आवश्यक रकम समेत नेपाल सरकारको विमा कार्यक्रमबाट भुक्तानी नभएको लगायतका विषम परिस्थितिलाइ ध्यानमा राखी, आम्दा नेपालका कार्यक्रमहरूलाइ पूर्ववत् सञ्चालन गर्नका लागी आम्दानी बढाउन सकिने विकल्प पहिचान गर्ने र खर्चलाइ थप मितव्ययी वनाउन प्रशासनिक खर्च कटौती गर्ने, कर्मचारीहरूको समयोचित व्यवस्थापनका लागी साँगठनिक तथा व्यवस्थापन सर्भेक्षण गर्ने, लगायतको कामका लागी वि.सं. २०८१।१२।१४ गते सम्पन्न कार्यकारिणी समिति बैठकको निर्णयानुसार एक कार्यदल गठन भएको छ ।

४. निमित्त अध्ययक्षको जिम्मेवारी
आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलाल व्यक्तिगत कामको सिलसिलामा देश वाहिर जानु पर्ने भएकोले आफु स्वयंले जिम्मेवारी सम्हाल्ने जानकारी नगराउँदा सम्म वि.सं. २०८१।१२।१८ गते देखी आम्दा नेपालको विधान वमोजिम आवश्यकता अनुसार कार्यकारिणी समितिको बैठक सञ्चालन लगायत निमित्त अध्यक्षको हैसियतले दैनिक कामकाज गर्न गराउन उपाध्यक्ष डा. संगिता बराल बस्नेतलाइ तोक्नु भएको छ ।

५. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८१।१२।१८ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
 क. बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र. सं. कामको विवरण
द्वन्द र गुनासो व्यवस्थापन
  • कार्यस्थलको गुनासा र द्वन्द व्यवस्थापन नीति अध्यावधिक गर्ने
  • सेवाग्राहीका गुनासा र सुझाव कार्यान्वयन स्थितिको प्रतिवेदन तयार गर्ने
आपूर्ति
  • कार्यालयले प्रयोग गर्ने सरसामानको सुची र वार्षिक खपत हुने परिमाणको सुचि अध्यावधिक गर्ने
  • मौजाद विवरण तयार गर्ने
  • आकस्मिक प्रयोजनका लागी कायम राख्ने सरसामानको सुची र न्यूनतम संख्या अध्यावधिक गर्ने
  • खरिद तथा आपूर्ति योजना तयार गर्ने
  • सुचिकृत फर्महरूको नामावली अध्यावधिक गर्ने
  • संझौता वमोजिम काम भए नभएको मूल्याङ्कन गर्ने
  • नियमित मरमत संभारको योजना अध्यावधिक गर्ने
विपद् व्यवस्थापन
  • आकस्मिक सेवा सञ्चालन कार्यविधि अध्यावधिक गर्ने
  • विपद् व्यवस्थापन तथा पूर्वतयारी सम्वन्धि तालिम सञ्चालन गर्ने
  • विपद् सम्वन्धि आकस्मिक स्वास्थ्य सेवा सञ्चालनका चेकलिष्ट रूजु गर्ने
  • विपद् व्यवस्थापन सम्वन्धि सरसामानको न्युनतम भण्डारण सुनिश्चित गर्ने
 
 
कार्यक्रमका तस्बिरः
क्यान्सर परिक्षण शिविर_सुन्दरिजल स्वास्थ्य चौकि, मुलखर्क_२०८११२१६

  
धन्यवाद ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.