Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-03-19
Expiry Date: 2023-03-25

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ

साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०७९।१२।१३ गते, सोमवार (इ.सं. २०२३ मार्च २७) (अवधि वि.सं. २०७९।१२।०५ देखि २०७९।१२।११ सम्म । ई.सं. २०२३, १२औं हप्ता)

१. निरिक्षण भ्रमण

आम्दा नेपालका अध्यक्ष, सचिव, कोषाध्यक्ष र मुख्य प्रशासक सहितको टोलिले वि.सं. २०७९।१२।०५ र ६ गते सिद्दार्थ वाल तथा महिला अस्पताल, बुटवलको निरिक्षण भ्रमण गर्नु भएको छ । भ्रमणका क्रममा आम्दा नेपालका पदाधिकारीहरूले सि.बा.म. अस्पताललाइ ३०० शैयामा स्तरोन्नति गर्ने प्रयोजनका लागी बुटवल उपमहानगरमा प्रमुख एवं उपमहानगरका उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायतका अधिकारीहरूसँग र बुटवल उद्योग वाणिज्य संघमा अध्यक्ष एवं पूर्व अध्यक्ष, कार्यसमितिका पदाधिकारी हरूसँग छुट्टाछुट्टै समन्वय बैठक सम्पन्न भएको छ ।

२. ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन

नेपाल सरकार स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र निक साईमन इष्टिच्युटको संयुक्त आयोजनामा वि.सं. २०७९ चैत्र ८ देखि १० गते सम्म सञ्चालित “११औं ग्रामिण स्वास्थ्यकर्मी सम्मेलन” मा आम्दा नेपालले सञ्चालन गरेको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविरका वारेमा सहभागी माझ प्रस्तुत गर्ने तथा अन्य सहभागीहरुको अनुभव आदान प्रदान गर्ने उद्देश्य सहित आम्दा नेपालबाट स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाका कार्यक्रम अधिकृत श्री सृजना श्रेष्ठ सहभागी हुनु भयो ।

३. नियमित साप्ताहिक बैठक

वि.सं. २०७९।१२।१३ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।

आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।

ख. यस हप्ता गर्नु पर्ने कार्यहरुको विवरण ।

- Agreement र MOU अध्यावधिक गर्ने ।

- सूचीदर्ता अध्यावधिक गर्ने ।


धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.