Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-03-02
Expiry Date: 2023-03-18

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ

साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०७९।१२।०६ गते, सोमवार (इ.सं. २०२३ मार्च २०) (अवधि वि.सं. २०७९।११।२८ देखि २०७९।१२।०४ सम्म । ई.सं. २०२३, ११औं हप्ता)

१. क्यान्सर परिक्षण शिविर सम्पन्न

आम्दा नेपाल केन्द्रिय कार्यालयमा स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत वि.सं. २०७९।१२।०४ गते महिलाहरुमा हुने स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविरमा ६१ जना महिलाहरुको परिक्षण गरियो । परिक्षण सेवा लिएका जम्मा ६१ जना मध्ये ३८ जना महिलाहरुको भिडियो एक्सरे, ३७ जनाको मेमोग्राफि र ३ जनाको कोलकोस्कोपि परिक्षण समेत गरियो ।

२. सूचना प्रकाशन

आम्दा नेपाल केन्द्रिय कार्यालयले संस्थाका सबै कार्यालयको प्रयोजनका लागि वि.सं. २०८० सालको भित्ते पात्रो छपाई गर्न आम्दा नेपालको वेबसाईटमा मिति २०७९।१२।०३ गते सात दिने सूचना प्रकाशन गरेको छ ।

३. नियमित साप्ताहिक बैठक

वि.सं. २०७९।१२।०६ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।

आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।

ख. यस हप्ता गर्नु पर्ने कार्यहरुको विवरण ।

- आ.ब. २०८०/८१ को योजना, कार्यक्रम र बजेट माथि छलफल गर्न कार्यशाला गोष्ठिको तयारी गर्नु पर्ने ।

- नीति, नियमावली अध्यावधिक गर्ने ।

धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.