Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-02-20
Expiry Date: 2023-02-26

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।११।०८ गते, मंगलबार (इ.सं. २०२३ फेब्रेवरी २०)
(अवधि वि.सं. २०७९।१०।२९ देखि २०७९।११।०६ सम्म । ई.सं. २०२३, ०७ औं हप्ता)
 
१. क्यान्सर परिक्षणका लागि आवश्यक स्वास्थ्य सामाग्रिहरु वितरण ।
आम्दा नेपालले गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण परियोजनाले नगर क्षेत्र भित्रका अस्पताल/स्वास्थ्य केन्द्रहरुलाई क्यान्सर परिक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रिहरु वितरण गर्ने क्रममा मिति २०७९।११।०५ गते सर्वेश्वर र बेशिगाऊ स्वास्थ्य केन्द्रमा नगर पालिकाका प्रमुखको उपस्थितिमा स्वास्थ्य सामाग्रिहरु वितरण गरिएको छ ।

२. नियमित साप्ताहिक बैठक
वि.सं. २०७९।११।०८ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
 
क. क्यान्सर परिक्षण शिविरमा आएकाहरुको USG परिक्षण ।
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण गराएका महिलाहरु मध्ये २१ जना महिलाहरुको मिति २०७९।११।०३ गते USG परिक्षण गरियो ।
 
ख. यस हप्ता गर्नु पर्ने कार्यहरुको विवरण ।
- स्थानिय व्यवस्थापन समिति अध्यावधिक गर्ने ।
- नीति नियमावली, कार्यविधी अध्यावधिक गर्ने ।
 
धन्यबाद ।
 
 
 
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.