Published Date: 2024-02-12
Expiry Date: 2024-02-17
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१०।२९ गते, सोमवार
अवधिः वि.सं. २०८०।१०।२१ देखि २०८०।१०।२७ गते सम्म (ई.सं. २०२४, ६ हप्ता) ।
साप्ताहिक अंक: ०६/२०२४
१. परिचयात्मक, अन्तरक्रिया तथा समसामयिक बिषयमा छलफल:
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलमा कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरु बीच मिति २०८०.१०.२१ गते परिचयात्मक, अन्तरक्रिया तथा प्रतिष्ठानमा हाल सम्म भएका शैक्षिक गतिविधि, बिधार्थिहरुको अध्ययनमा देखिएका समस्या र समाधान, र आगामी दिनमा प्रतिष्ठानको विकाश तथा अपनाउनु पर्ने रणनीतिका बारेमा विशेष छलफल भयो |
२. हिउँदे बिदा पछी कक्षा संचालन:
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलमा हिउँदे बिदा पछी मिति २०८०.१०.२२ गते देखि नियमित रुपमा कक्षा संचालन शुरु भएको छ साथै बिधार्थीहरुको नियमित रुपमा ईकाइ परिक्षा पनि संचालन हुदै आएको छ |
३. प्रयोगशालामा चाहिने उपकरण तथा फर्निचर सम्बन्धमा :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवलको प्रयोगशालामा चाहिने उपकरणहरु तथा फर्निचरहरु समयमा उपलब्ध गराउनका लागि सि.बा.म. अस्पताल प्रशासन शाखामा अनुरोध गरियो |