Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-01-27
Expiry Date: 2025-02-01

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि
 

साप्ताहिक अंक: ०४/२०२५
प्रकाशन मितिः २०८१।१०।१४ गते, सोमबार
अवधिः वि.सं. २०८१।१०।०६ देखि वि.सं. २०८१।१०।१२ गते सम्म ।


१. क्यान्सर सचेतना शिक्षा कार्यक्रम सम्पन्न ।
गोकर्णेश्वर नगरपालिकाको सहयोगमा आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर सचेतना कार्यक्रम अन्तर्गत वि.सं. २०८१।१०।०२ गते क्यान्सर सचेतना शिक्षा प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिकामा क्रियाशिल आमा समुहहरू मध्ये वडा नं. ४ को जागेश्वरी भगवति मन्दिरको भवनमा आयोजित कार्यक्रममा जागेश्वरी भगवति महिला सञ्जाल समुह बाट जम्मा ३६ जना सहभागीहरूले सचेतनामूलक शिक्षा प्राप्त गरेका छन् ।

२. क्यान्सर परिक्षण शिविर सम्पन्न ।
गोकर्णेश्वर नगरपालिकाको सहयोगमा आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर वि.सं. २०८१।१०।०५ गते वडा नं. ६ स्थित आम्दा गोकर्णेश्वर आरोग्य क्लिनिकमा सम्पन्न भएको छ । यस शिविरमा जम्मा ५१ जना महिलाले स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण सेवा लिनुभएको थियो ।

३. नतिजा प्रकाशन
आम्दा नेपालले वि.सं. २०८१।०९।२३ गते प्रकाशन गरेको सुचना नं ०१०६७० बमोजिम आम्दा मेची अस्पताल, धुलाबारी, झापाको लागि बि.सं  २०८१।१०।०८  गते परिक्षाफल (सुचना नं ०१०७०३) प्रकाशित भई कर्मचारी छनौट सम्पन्न भएको छ ।

४. विज्ञापन प्रकाशन गरिएको सम्बन्धमा
आम्दा नेपाल अन्तर्गत संचालित आम्दा मेची अस्पताल, धुलावारी झापाका रिक्त मेडिकल अधिकृत पदपुर्तिका लागि वि.सं. २०८१/१०/१७ गते सुचना प्रकाशन गरिएको छ ।

५. कार्यक्रम सञ्चालन स्विकृतिका लागी प्रस्तावना पेश ।
आम्दा नेपाल र UNHCR विच भुटानी शरणार्थी सहायता परियोजना सन् २०२५ को अवधिभरका लागी सञ्चालन गर्न सम्पन्न संझौता वमोजिम स्विकृतिका लागी समाज कल्याण परिषद्मा तोकिएको ढाँचामा वि.सं. २०८१।१०।०८ गते प्रस्तावना पेश गरिएको छ ।

६. कर्मचारी वढुवा सम्वन्धि सुचना प्रकाशन ।  
वि.सं. २०८१।१०।०९ गते कर्मचारी वढुवा सम्वन्धि सुचना नं. १०७०९ प्रकाशन गरिएको छ ।

७. नियमित साप्ताहिक बैठक
बि. सं. २०८१।१०।१४ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण
निति, नियम, कार्यविधि, तथा निर्देशिकाहरुको सुची अध्यावधिक गर्ने
मासिक प्रतिवेदन तयार गर्ने
र्इकाइगत आर्थिक कारोवारको विवेचनात्मक अध्ययन गरी विवरण तयार गर्ने
  कार्यालय प्रयोजनको लागी प्रयोग हुने छपार्इ नमूना प्रयोग कार्यविधि तयार
साथै हाल प्रयोजनमा रहेका छपाई नमुना संकलन गरी अध्यावधीक गर्ने

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.