Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-01-20
Expiry Date: 2025-01-25

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि
 

साप्ताहिक अंक: ०३/२०२५
प्रकाशन मितिः २०८१।१०।०७ गते, सोमबार
अवधिः वि.सं. २०८१।०९।२८ देखि वि.सं. २०८१।१०।०५ गते सम्म ।


१. आय संकलन, बैंकिङ्ग कारोवार
आम्दा नेपालले सञ्चालन गर्दै अस्पताल तथा शैक्षिक कार्यक्रमहरू मार्फत संकलन हुने सेवा शुल्क तथा समग्र बैंकिङ् कारोवारलाइ सरल तथा प्रविधिमैत्री बनाउनका लागी क्यूआर पेमेन्ट व्यवस्थालाइ थप परिकृत सहित सेवा सुधारका लागी सिद्धार्थ बैंक लि. सँग वि.सं. २०८१।०९।२६ गते सम्पन्न संझौता कार्यान्वयको व्यवस्था मिलाइएको छ ।

२. अस्पताल प्रमुखको जिम्मेवारी
आम्दा अस्पतालको प्रमुखको रूपमा वि.सं. २०८१।१०।०१ गते बाट जिम्मेवारी सम्हाल्ने गरी मेडिकल सुपरिन्टेन्डेन्ट पदमा डा. शिखर कट्टेल नियुक्त हुनुभएको छ ।

३. प्रसुति सेवा विस्तारका लागी प्रस्तावना पेश ।
आम्दा मेची अस्पतालमा प्रसुति सेवा विस्तारका लागी लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष प्रस्तावना पेश गरिएको छ ।

४. क्यान्सर परिक्षण सेवाको लागी प्रस्तावना पेश ।
आम्दा नेपालले गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालन गर्दै आएको स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण तथा सचेतना कार्यक्रमको निरन्तरताको लागी गोकर्णेश्वर नगरपालिका समक्ष वि.सं. २०८१।०९।२८ गते पत्र सहित प्रस्तावना पेश गरिएको छ ।

५. अनुगमन मूल्याङ्कन कार्यादेश ।
आम्दा अस्पताल दमकमा CT  Scan सेवा प्रारम्भ गर्न आम्दा नेपालले प्राप्त गरेको अनुदान सहयोगको समाज कल्याण परिषद्बाट हुने अनुगमन मूल्याङ्कनका लागी कार्यादेश सहित वि.सं. २०८१।०९।२९ गते प्रस्ताव गरिएको छ ।

६. परियोजना सञ्चालन संझौता ।
इसं २०२५ भर भुटानी शरणार्थी सहयता परियोजना सञ्चालनका लागी आम्दा नेपाल र UNHCR विच संझौता सम्पन्न भएको छ । उपरोक्त संझौता वमोजिम कार्यक्रम सञ्चालन व्यवस्था मिलाइएको छ ।

७. प्रशिक्षार्थी परिचालन अनुमति ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको USAID Sustainable HIV Epidemic Control परियोजनामा चितवन मेडिकल कजेलमा अध्ययन विद्यार्थी श्री धिरज चौधरीलाइ प्रशिक्षार्थीको रूपमा संलग्न गर्न अनुमति प्रदान गरिएको छ ।

८. नियमित साप्ताहिक बैठक
बि. सं. २०८१।१०।०७ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण
सहयोग परिचालन तथा सामुदायिक सेवा
  • साझेदारी तथा समन्वय कार्यविधि अध्यावधिक गर्ने
  • स्थानिय दाताहरूसँग समन्वय बैठक गर्ने
  • स्थानिय दातालाइ सम्मान कार्यक्रम आयोजना गर्ने
  • सेवा विस्तार एवं सुदृढिकरणमा अपुग श्रोतको वारेमा प्रस्तुति गर्ने
  • समुदायस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने
  • समुदायमा क्रियाशिल संघ/संस्थासँग समन्वय बैठक सञ्चालन गर्ने
  • स्थानिय सरकारसँग समन्वय गरी सामुदायिक सेवामा योगदान गर्ने
दर्ता एवं नविकरण
  • दर्ता र नविकरण गराउनुपर्ने विषयहरूको वर्गिकरण गर्ने
  • दर्ता र नविकरण संवन्धि कामको चरणवद्द योजना र जिम्मेवारी तोक्ने
  • समयमा काम सम्पन्न नगरेमा हुने क्षति र सोको जिम्मेवारी जानकारी गराउने
  • दर्ता नविकरणको काम प्रति जिम्मेवार कर्मचारीलाइ तालिका जानकारी गराउने
  • वार्षिक नीति, योजना, कार्यक्रम र वजेटको जानकारी संवन्धित सरकारी निकायमा पेश गर्ने
  • कार्यक्रम सञ्चालन स्विकृति लिनु पर्नेमा स्विकृति लिने व्यवस्था गर्ने
त्रैमासिक समिक्षा
  • त्रैमासिक समिक्षा गोष्ठीमा छलफल गरिने सुचाङ्कहरू अध्यावधिक गर्ने
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.