Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-07-01
Expiry Date: 2019-07-15

मितिः २०७६।०३।१६
साप्ताहिक समाचार
१. सुत्केरी सेवा केन्द्र सञ्चालन गर्न स्थलगत अवलोकन सम्पन्न
गोकर्णेश्वर नगरपालिकाको प्रस्तावमा आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिकाबीच सम्पन्न विभिन्न मितिमा सम्पन्न छलफल बमोजिम गोकर्णेश्वर नगरपालिका वडा नं. १ अन्तरगत मुलखर्क गाउँको चिलाउने भनिने स्थानमा आधारभुत स्वास्थ्य इकाइमा सुविधायुक्त सुत्केरी सेवा र ल्याब समेत सञ्चालनमा ल्याउनका लागी मिति २०७६।०३।१४ गते शनिबार थप सेवा सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने क्रममा आम्दा नेपालका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंहको नेतृत्वमा आम्दा गोकर्णेश्वर सामुदायिक स्वास्थ्य कार्यक्रमका संयोजक डा. रामेश्वर प्रसाद पोखरेल, आम्दा नेपालका सदस्य डा. हरिष चन्द्र उप्रेती लगायत सुदेश रेग्मी र उमेश आचार्यको सहभागी टोली स्थलगत अवलोकन सम्पन्न गरेको छ । आम्दा नेपालबाट स्थलगत अवलोकनका लागी गएको टोलीलाइ गोकर्णेश्वर नगरपालिका वडा नं. १ का वडाध्यक्ष राम मानन्धर, गोकर्णेश्वर नगरपालिका कार्यालयका स्वास्थ्य संयोजक श्री हरि प्रसाद उपाध्याय र लेखापाल श्री चन्द्र श्रेष्ठले हाल आधारभुत स्वास्थ्य इकाइ सञ्चालनमा रहेको भवनको अवलोकन गराउनुको साथै प्रस्तावित ठाउँको स्थलगत भ्रमण गराउनु भएको थियो । आधारभुत स्वास्थ्य इकाइ अवलोकन भ्रमणका क्रममा वडाध्यक्षले हाल उक्त इकाइमा सेवालिदै आएका जनसमुदायको कठिनाइ र सेवा थप गर्नु पर्नाको कारण प्रकाश पार्दै आम्दा नेपालले सुविधायुक्त सुत्केरी सेवा र ल्याब स्थापना गरिदिएमा नगरपालिकाबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग प्रदान गर्न आफुहरू तयार रहेको व्यहोरा जानकारी गराउनु भएको थियो । स्थलगत अवलोकन पछि बसेको संयुक्त अनौपचारिक बैठकमा आम्दा नेपालले थप सेवा सञ्चालनको प्रारूप तयार गरी प्रस्तुत गर्ने समझदारी भएको छ ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.