मिति २०७६।०२।०८ गते आम्दा नेपालका सचिव डा. ऋषिकेश नारायण श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न प्रबन्ध समिति बैठकमा निम्न विषयहरूमा छलफल तथा निर्णयहरू भएको छ ।
क. आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शैक्षिक भवनको झ्यालढोकामा ग्रिल राख्नको लागि जम्मा लागत अनुमान रू. १०,३९,४३०/- स्वीकृत गर्ने ।
ख. आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शैक्षिक भवन निर्माणमा देखिएको Variation को सम्बन्धमा नापजाँच/निरिक्षण गरि प्रतिवेदन पेश गर्नेगरि आवश्यक प्रकृया अपनाइ स्थानीय स्तरबाट एक प्राविधिक परामर्शदाता नियुक्त गर्ने ।
ग. आम्दा मेची अस्पतालको लागि उपकरण खरिद संझौता बमोजिम अनिता ट्रेड सेन्टर, बिराटनगरले उपकरण आपूर्ति गर्न नसकेकाले अस्पतालको स्वास्थ्य सेवामा प्रतिकुल असर पर्न गएको हुँदा कारबाही अनुरूप कार्य सम्पादन बापतको धरौटी रकम जफत गर्ने र कम्पनीलार्इ कालो सूचीमा सूचीकृत गर्ने ।
घ. हाल श्रम अदालतमा बिचाराधिन मुद्दामा राय परामर्शको आधारमा मेलमिलापका लागी सम्बद्ध पक्षहरूसँग छलफल गर्ने ।
ङ. अदालतको फैसला कार्यान्वयनमा असहयोग गर्ने सम्वध्ध पक्षलार्इ हदैसम्मको कारवाहीका लागी आवश्यक व्यवस्था गर्ने ।
च. केन्द्रीय कार्यालयमा पानीको समस्या भएकाले कार्यालय तथा क्लिनिकको दैनिक प्रयोजनको निमित्त पानी संचित गर्न दश हजार लिटर क्षमताको प्लास्टिकको ट्याङ्क राख्ने ।
छ. आम्दा नेपालका प्रतिनिधीहरू र गोकर्णेश्वर नगरपालिकाका प्रतिनिधीहरू बीच नगरपालिकाको प्रस्तावमा नगरपालीकाको पिछडिएको क्षेत्रमा स्वास्थ्य सेवा संरचना तय गर्न बैठक सम्पन्न भएको जानकारी गरियो।
२. आमा सुरक्षा कार्यक्रमको संझौता नविकरण
आम्दा अस्पतालमा हाल लागु हुदै आएको आमा सुरक्षा कार्यक्रमको संझौता अवधि स्वास्थ्य सेवा विभागबाट थप दुर्इ वर्षको लागि नविकरण भएको छ ।