Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-05-24
Expiry Date: 2019-05-27

साप्ताहिक समाचार
मितिः २०७६ जेठ ६

१. प्रबन्ध समिति बैठक
मिति २०७६।०२।०१ गते आम्दा नेपालका सचिव, डा. ऋषिकेश नारायण श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न प्रबन्ध समितिमा निम्न विषयहरूमा छलफल तथा निर्णयहरू भएको छ ।
क. मिति २०७६।०१।२८ गते सम्पन्न आम्दा नेपालको ५५ औं साधारण सभा सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष सहित सम्बद्ध सबैलाइ धन्यबाद दिने ।
ख. मेची उद्योग वाणिज्य संघबाट आम्दा मेची अस्पतालमा उपचाररत बालकको अन्य अस्पतालमा प्रेषण गरे पश्चात निधन भएकोमा मानवीय सहयोग गर्ने सम्बन्धमा छलफल सम्पन्न ।
ग. कैलाली जिल्लाको अत्तरिया स्थित सुदुरपश्चिमाञ्चल सामुदायिक अस्पतालसँग प्राविधिक तथा व्यवस्थापकिय पक्षमा सहकार्य गर्न छलफल गर्ने ।
घ. आम्दा नेपाल केन्द्रिय कार्यालयमा दैनिक कार्य संचालनको लागि खोलिएको बैंक खाता सञ्चालनको लागी हस्ताक्षर परिवर्तन गर्ने ।
ङ. सिबाम अस्पतालमा जेनेरेटरमा आगलागी भएको प्रतिवेदनको जानकारी ।
च. आम्दा मेची अस्पतालमा आपूर्तिकर्ताले यथासमयमा आवश्यक उपकरण आपूर्ति गर्न नसकेकोमा नियमानुसार कारवाही गर्ने ।

२. परियोजना निगरानी समितिको बैठक
मिति २०७६।०२।०१ गते मातृ शिशु स्वास्थ्य परियोजनाका निमित्त गठित परियोजना निगरानी समितिको बैठक सम्पन्न भयो । बैठकमा आम्दा माइण्डस् को केन्द्रीय कार्यालयबाट आउनु भएको श्री योसी ताकेहिसालाइ एक समारोहका बिच स्वागत र सम्मान गरिएको थियो । हालसम्मको प्रगति बिबरणको अध्यावधिक जानकारी र समसामयिक विषयबस्तुमा केन्द्रीत छलफलमा केन्द्रीत उक्त बैठकमा परियोजनाका निगरानी समितिका सदस्यहरू समेत श्री योसी ताकेहिसा श्री कायको कोबायासी, श्री कायको अाेकुदा, श्री रघुनाथ अधिकारी, श्री अनुजा शर्मा, डा. ऋषिकेश नारयण श्रेष्ठ, श्री सुदेश रेग्मी, श्री उमेश आचार्य, श्री अन्जना कोइराला, श्री अच्युत सापकोटा, श्री रामबानु देव, श्री पुन्यलाल महतो, श्री रेनुका बस्नेत लगायतका कर्मचारीहरूको सहभागिता थियो ।

३. स्थानिय निकायसँग सहकार्य बैठक
गोकर्णेश्वर नगरपालिकाको प्रस्तावमा गोकर्णेश्वर नगरपालिका अन्तरगत पिछडिएको क्षेत्रमा स्वास्थ्य सेवा संचालन गर्ने सम्बन्धमा मिति २०७६।०२।०३ गते गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य इकाइसँग प्रारम्भिक छलफल सम्पन्न भएको छ । उक्त छलफल बैठकमा आम्दा नेपालबाट डा. रामेश्वर प्रसाद पोखरेल र श्री उमेश प्रसाद आचार्य सहभागी हुनुहुन्थ्यो ।

आगामी सप्ताहको कार्यक्रम
१. स्थानीय व्यवस्थापन समिति सम्बन्धि बिबरणहरू अध्यावधिक गर्ने

धन्यबाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.