Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-06-10
Expiry Date: 2025-06-14

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 

प्रकाशन मितिः २०८२।०२।२६ गते, सोमवार
अवधिः वि.सं २०८२।०२।१८ देखि वि.सं.२०८२।०२।२४ गते सम्म (ई.सं २०२५ २३ औं हप्ता)
साप्ताहिक अंक: २४/२०२५


१. भुटानी शरणार्थी परियोजनाको अनुगमन ।

भुटानी शरणार्थी परियोजनाको अनुगमन मूल्याङ्कनका लागी समाज कल्याण परिषद्ले गठन गरेको टोलीबाट प्राप्त प्रतिवेदनको प्रथम मस्यौदा उपर वि.सं. २०८२।०२।२१ गते वुधवार समाज कल्याण परिषद्मा समिक्षा बैठक सम्पन्न भएको छ । समिक्षा बैठकमा आम्दा नेपालबाट कार्यक्रम निर्देशक सुदेश रेग्मी र कार्यक्रम अधिकृत श्री समी भण्डारीको उपस्थिति रहेको थियो ।
 

२. कक्षा कोठा निर्माणका लागी सहयोग परिचालन ।
सिद्धार्थ बाल तथा महिला अस्पतालको प्रस्ताव वमोजिम पुरानो विरामी कुरूवा घरलाइ आवश्यक मरमत संभार तथा थप छाना लगाइ छात्रावासको रूपमा प्रयोगयोग्य बनाउन र आगामी शैक्षिक सत्रका लागी थप तीन कक्षा कोठाको तयारी गर्न अपुग हुने श्रोत (वजेट) व्यवस्थापन सहित यसै आर्थिक वर्ष भित्र काम सम्पन्न हुनु पर्ने गरी स्विकृति प्रदान गरिएको छ ।

३. जापानी दूतावास अधिकारीसँगको औपचारिक भेटघाट ।
नेपाल स्थित जापानी दुतावासका अधिकारीले वि.सं. २०८२।०२।२० गते आम्दा नेपालको केम्द्रीय कार्यालय भ्रमण आम्दा नेपालले सञ्चालन गर्दै आएका गतिविधिहरूको संक्षिप्त जानकारी लिनु भएको छ ।उक्त अवसरमा आम्दा नेपालको तर्फबाट कार्यक्रम निर्देशक श्री सुदेश रेग्मीज्यू तथा कार्यक्रम अधिकृत श्री समी भण्डारीज्यूको उपस्थितिमा संस्थाले सञ्चालन गर्दै आएका कार्यक्रम तथा गतिविधिहरूको बारेमा जानकारी प्रस्तुत गरिएको थियो।

४. कर्मचारी नियुक्त ।
आम्दा नेपालले वि.सं. २०८२।०२।१८ गते प्रकाशित गरेको सुचना नं. १०९७८ वमोजिम निम्नानुसार कर्मचारी नियुक्त गरिएका छन् ।
५. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८२।०२।२६ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश
क्र. सं. कामको विवरण तथा निर्णयको सारांश
विमा ।
  • विमा नीति पुनरावलोकनका लागी राय परामर्श लिने । 
  • विमा कार्यविधि अध्यावधिक गर्ने  ।
  • विमालेखको विवरण तयार गरी अध्यावधिक गर्ने
  • पछिल्लो अवधिमा भएको बिमा दाबी र फस्र्यौट अवस्था रूजु गर्ने र विवरण तयार गर्ने
स्थानिय सहयोग ।
  • स्थानिय सहयोग परिचालन नीति तथा कार्ययोजना अध्यावधिक गर्ने
  • स्थानिय व्यवस्थापन कार्यविधि अध्यावधिक गर्ने (तीन महले)
  • स्थानिय व्यवस्थापन समितिको संरचना अध्यावधिक गराउने
  • स्थानिय व्यवस्थापन समितिको बैठकका निर्णयहरू अध्यावधिक गराउने
  • स्थानिय व्यवस्थापनमा आम्दा नेपाल, के.का.को सम्वन्ध विस्तारका लागी आवश्यक व्यवस्था मिलाउने
वार्षिक नीति, योजना, कार्यक्रम र वजेट ।
वि.सं २०८२।०२।३१ गते बस्ने गरी आव्ह्रान भएको आम्दा नेपालको ६६ औं साधारण सभामा प्रस्तुत हुनु पर्ने आ.व. २०८२/०८३ का लागी आम्दा नेपालको नीति, योजना, कार्यक्रम र वजेट तयार गर्ने ।

प्रस्तावना पेश गर्ने ।
आगामी शैक्षिक शत्रका लागी सि.बा.म. अस्पताल मातहत आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोजनको लागी थप कक्षाकोठा निर्माणका लागी आम्दा ह्रयोगो समक्ष पेश

गरिएको प्रस्तावना अनुरूप समाज कल्याण परिषद्को स्विकृतिका लागी आवश्यक व्यवस्था गर्ने ।

बेरुजु फर्स्यौट ।
गोकर्णेश्वर नगरपालिकाबाट प्राप्त पत्र अनुरूप बेरूजु फर्स्यौटका लागी विवरण रूजु गरी पेश गर्ने ।
 
 
कार्यक्रमका तस्बिरः
भुटानी शरणार्थी परियोजनाको अनुगमनका तस्विर_२०८२०२२१
 
धन्यवाद ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.