Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2021-02-17
Expiry Date: 2021-02-24

AMDA Nepal
Maternal and Child Health
Dang
Weekly News
मुख्य गतिविधिहरु:

१.स्वास्थ्य संस्था भवन हस्तान्तरण  
आम्दा माइन्ड्स जापानको आर्थिक तथा प्राविधिक सहयोगमा गढवा गाउँ पालिका दाङको विभिन्न वडामा  आम्दा नेपाल द्वारा निर्माण गरिएको २ वटा सामुदायिक स्वास्थ्य इकाई भवन र २ वटा गाउँघर क्लिनिक भवन गत हप्ता बिशेष समारोह बीच हस्तान्तरण गरिएको छ । यस परियोजनाका संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठ र Ms. Kaeko Okuda (Acting country director MINDS) द्वारा गाउँ पालिकाका अध्यक्ष र वडा अध्यक्षहरुलाइ नवनिर्मित भवनको चाबी तथा मेडिकल सर्जिकल सामाग्री सहितका कागजात हरु हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख, गढवा गाउँपालिकाका सरोकार वाला हरु तथा आम्दा माइन्ड्स बाट श्री प्रदिप राज पन्त (परियोजना अधिकृत) र  इन्जिनियर नबिन अधिकारीको उपस्थिति रहेको थियो ।

२. परियोजना को संयुक्त अनुगमन
आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजनाको दोश्रो बर्षका सबै कार्यक्रमहरु गत हप्ता सकिएको छ, यसै सन्दर्भमा परियोजना प्रबन्धक राजेन्द्र रुचालको संयोजकत्वमा  दाङ जिल्लका  प्रमुख जिल्ला अधिकारी श्री जय नारायण आचार्य, जिल्ला समन्वय अधिकारि श्री सावित्री पुन थापा, जिल्ला समन्वय समिति सदस्य देवीलाल थारु , स्वास्थ्य कार्यालय प्रमुख श्री अंगद बहादुर शाही र  गढवा गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख श्री कैलाश चौधरी हरु द्वारा परियोजनाको सयुक्त अनुगमन गर्नु भएको छ । कार्यक्रममा आम्दा नेपाल द्वारा गढवा गाउँपालिकामा संचालित विभिन्न कार्यक्रामहरु, स्वास्थ्य चौकीमा वितरण गरिएका सामाग्रीहरु तथा नवनिर्मित भवन हरुको अनुगमन गर्नु भएको थियो । 

३. जिल्ला स्तरीय समिक्षा बैठक
आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजनाको दोश्रो बर्षको जिल्ला स्तरीय समिक्षा बैठक गत हप्ता सम्पन्न भएको छ । दाङ जिल्लका  प्रमुख जिल्ला अधिकारी श्री जय नारायण आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला समन्वय कार्यालय, स्वास्थ्य कार्यालय, जिल्लामा कार्यरत संघ संस्था लगायतका सरोकार वाला हरु सहित गढवा गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री लाल बहादुर योगी तथा स्वास्थ्य शाखा प्रमुख को उपस्थिति रहेको थियो । परियोजना ले दोश्रो वर्षभरि गरेका गतिविधिहरुको प्रस्तुतीकरण परियोजनाका कार्यक्रम अधिकृत केशब राज ओझाले गर्नु भएको थियो।

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.