Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-02-17
Expiry Date: 2025-02-24

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।११।०५ गते l
(अवधि वि.सं. २०८१।१०।२८ देखि २०८१।११।०४ सम्म ई.सं. २०२५, ७-सातौ हप्ता)

१. ८९ औं "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" (ROUSG) तालिमको सम्पन्न भएको छ ।
आम्दा अस्पत्ल दमक झापामा ८९ औं "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" (ROUSG) तालिम सम्पन्न भएको छ । श्री स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी प्रदेश सरकार को आयोजनामा मिति २०८१/१०/०९ देखि २०८१/१०/२९ गते सम्म यस आम्दा अस्पताल दमकमा "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" सम्बन्धि तालिम सम्पन्न भएको हो l उक्त  तालिमको समापन कार्यक्रममा स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी प्रदेशका सिनियर स्वास्थ्य निरीक्षक श्री नेत्र अर्याल उपस्थित हुनुभएको थियो l समापन कार्यक्रम डा. प्रकाश शर्माले गर्नु भयो, वहाँले उक्त कार्यक्रमको महत्व बारे जानकारी दिनुभयो भयो l ROUSG तालिमको Trainer को रुपमा यस अस्पतालबाट डा. पुरुषोत्तम माझी, डा. दिब्य तुलाचन, टिका सुबेदी र पुनम गौरो रहनुभएको थियो l तालिममा सहभागीहरुको रुपमा बिभिन्न स्वास्थ्य कार्यालयहरुबाट जम्मा ५ जनाले ROUSG तालिममा सहभागिता जनाउनु भयो l उक्त तालिमले SBA तालिम प्राप्त नर्शिंग कर्मचारीहरुलाई अल्ट्रासाउन्ड मेशिन संचालन गर्न साथै अल्ट्रासाउन्ड सम्बन्धि बिबिध जानकारी दिएको, तालिमको समापन कार्यक्रमको क्रममा तालिम संयोजक तथा कार्यक्रम संचालक श्री टिका सुबेदीले जानकारी दिनुभयो ।

२. आम्दा अस्पताल दमकमा D-Code HMIS Software को HI Discharge Module को Training सम्पन्न भएको छ l
आम्दा अस्पताल दमकमा D-Code HMIS Software को HI Discharge Module को Training सम्पन्न भएको छ l श्री आम्दा अस्पताल, दमक २, झापामा D-Code HMIS Software को HI Discharge Module को Training सम्पन्न भएको हो l D-Code HMIS Software बाट आम्दा अस्पताल, दमकको Meeting Hall मा अस्पतालका Medical Officer हरुसंग software संचालन गर्ने बारे Training सम्पन्न भएको हो, तालिममा नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले निर्देशन गरेबमोजिमको मिति २०८१/११/०१ देखि लागु हुने HI Discharge Module बारे तालिम संचालन भएको थियो l Virtual रुपमा गरिएको कार्यक्रम बारे सम्पूर्ण विवरण D Code Technology Pvt. Ltd का कार्यक्रम संयोजक बिजेन्द्र श्रेष्ठ ले कार्यक्रम बारे बिस्तृत रुपमा अभिमुखीकरण गराउनु भयो l उक्त तालिमले भबिस्यमा आम्दा अस्पतालको स्तर उन्नति हुने विश्वास कार्यक्रम समापनका क्रममा अस्पताल प्रशासक श्री सुमन कुमार नेपालले जानकारी दिनुभयो l
 
धन्यवाद,

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.