Published Date: Sep 25, 2019
मितिः २०७६।०५।३०
Expiry Date: Oct 07, 2019
साप्ताहिक समाचार
१. प्रबन्ध समितिको बैठक सम्पन्न
आम्दा नेपाल प्रबन्ध समितिका संयोजक डा. ऋषिकेश नारायण श्रेष्ठको अध्यक्षतामा मिति २०७६।०५।२५ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो ।
क. आम्दा नेपाल अन्तर्गत कार्यरत कार्मचारीहरूको पदोन्नती सम्बन्धमा
ख. दरबन्दी श्रृजना सम्बन्धमा
ग. Mediassist4u, A08/G, Jalam Dagang Utama, Taman Dagang Ampang, Kuala Lumpur 68000; The Association for Medical Doctors of Asia International, 3-31-1 Ifukuchou, Kitaku, Okayama, Japan र AMDA Nepal, Gokarneshwor- 6, Kathmandu बीच ४ सेप्टेम्भर २०१९ मा सम्पन्न समझदारीपत्र (अभिलेख नं १०१०३३) को अनुमोदन सिफारिस ।
घ. आम्दा नेपाल केन्द्रीय कार्यालयले मिति २०७६।०५।३१ र २०७६।०६।०१ गते दुइ दिन आम्दा नेपाल केन्द्रीय कार्यालयमा नीति, नियमावली, कार्यविधी, निर्देशिका सम्बन्धी व्यवस्थापन कार्यशाला गोष्ठी संचालनको जानकारी
ङ. केन्द्रीय कार्यालयको सामाजिक परीक्षणको व्यवस्थापनका साथै मातहत कार्यालयहरूको सामाजिक परीक्षणको प्रबन्ध ।
च. आम्दा अस्प्ताल, सिबाम अस्पताल, आम्दा लिङ्केजेज परियोजनाको पदपूर्तिको जानकारी ।
छ. आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणाधिन शैक्षिक भवनमा अस्थाइ छाना राख्न बजेट स्वीकृत सम्बन्धमा ।
ज. आम्दा नेपाल केन्द्रीय कार्यालयको पूर्व पश्चिततर्फको कम्पाउण्ड वाल भत्किन गइ क्षती भएको हुँदा पुनः निर्माण गर्ने सम्बन्धमा ।
झ. आम्दा मेची अस्पताल प्रमुखको नियुक्तिपत्र नविकरण सम्बन्धमा ।
२. अस्पताल निर्देशक छनौट बैठक
सिद्धार्थ बाल तथा महिला अस्पतालको निर्देशक छनौटका लागि मिति २०७६।०५।२१ गते, शनिबार बैठक सम्पन्न भएको जानकारी गरियो ।