Published Date: Feb 10, 2020
मितिः २०७६।१०।२७ Expiry Date: Feb 24, 2020
साप्ताहिक समाचार
१. व्यवस्थापन कार्यशाला
आम्दा नेपालले मिति २०७६ माघ २३ र २४ गते गोकर्ण फरेष्ट रिषोट, काठमाडौंमा आयोजना गरेको दुइदिने व्यवस्थापन कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ । उक्त गोष्ठीमा आम्दा नेपाल केन्द्रीय कार्यालय लगायत आम्दा नेपाल अन्तर्गत संचालित अस्पताल/परियोजनाहरूबाट प्रमुख तथा कर्मचारीहरू गरि जम्मा १६ जनाको सहभागिता रहेको थियो ।
२. अनुगमन तथा मुल्याङ्कन भ्रमण
सिद्धार्थ बाल तथा महिला अस्पताल,बुटवलको अनुगमन तथा मुल्याङ्कनको निमित्त आम्दा नेपालका कार्यकारिणी सदस्य, डा. हरिष चन्द्र उप्रती र आम्दा नेपालका सदस्य डा. नारायण बहादुर बस्नेत मिति २०७६।१०।२५ गते चार दिने भ्रमणमा उक्त अस्पताल जानुभएको व्यहोरा जानकारी गरियो ।
धन्यबाद ।