Published Date: Jan 06, 2020
मितिः २०७६।०९।२१ Expiry Date: Jan 20, 2020
साप्ताहिक समाचार (दोश्रो हप्ता)
१. कार्यकारिणी समितिको पूर्व भ्रमण
आम्दा नेपाल कार्यकारिणी समितिका अध्यक्ष डा. अनिल कुमार दास, सचिव डा. यज्ञराज पाठक र मुख्य प्रशासक सुदेश रेग्मी सहितको टोलीले मिति २०७६।०९।१६ देखि १८ गते सम्म पूर्व क्षेत्रमा संचालित कार्यक्रमहरू आम्दा अस्पताल, आम्दा मेची अस्पताल, आम्दा भुटानी शरणार्थीहरूका लागि प्राथमिक परियोजना र आम्दा लिङ्केजेज परियोजनाको निरीक्षण तथा अवलोकन भ्रमणको कार्य सम्पन्न भएको छ ।
२. समाज कल्याण परिषद्सँग बैठक सम्पन्न
मिति २०७६।०९।१६ मा आम्दा भुटानी शरणार्थीहरूका लागि प्राथमिक परियोजनाका संयोजक डा. दिनेश बिनोद पोखरेल, बरिष्ठ अधिकृत अच्युत सापकोटा र समाज कल्याण परिष्दका उपनिर्देशक दुर्गा प्रसाद भट्टराइ र परिष्दका प्रतिनिधीहरू बीच आम्दा भुटानी शरणार्थीहरूका लागि प्राथमिक परियोजनाको सन् २०१९ को अनुगमन र मुल्याङ्कन गर्ने सम्बन्धमा प्रारम्भिक बैठक बसि छलफल सम्पन्न भएको छ ।
धन्यबाद ।