Published Date: Apr 01, 2024
Expiry Date: Apr 06, 2024

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१२।१९ गते, सोमबार
अवधिः वि.सं. २०८०।१२।११ देखि २०८०।१२।१७ गते सम्म (ई.सं. २०२४, १३ औं हप्ता) ।
साप्ताहिक अंक: १३/२०२४


१. व्यवस्थापन कार्यशाला ।
आम्दा नेपाल केन्द्रीय कार्यालयको आयोजनामा पुर्वनिधारित समयमा गर्ने भनिएकोमा आम्दा नेपालका पदाधीकारीहरूको समयानुकुलतालाइ मध्येनजर गर्दै कार्यक्रम २८ र २९ गते गर्ने तय भएको गरिएको छ । कार्यशालामा कार्यालय प्रमुख, प्रशासन प्रमुख र लेखा प्रमुखको सहभागिता सहित आम्दा नेपालबाट आन्तरिक लेखापरिक्षणको प्रारम्भिक चरणको कार्य अभिमुखिकरण गर्नुपर्ने भएकाले आन्तरिक लेखापरिक्षण समेतको सहभागिता हुनेगरी आवश्यक व्यवस्था मिलाउने तय गरिएको छ ।
 
२. पदपूर्ति ।
आम्दा नेपालले वि.सं. २०८०।१२।०९ मा प्रकाशन गरेको पदपूर्ति सम्बन्धि विज्ञापनको पदपुर्ति सम्बन्धि कार्य मिति २०८०।१२।१७ मा सम्पन्न भएको छ ।

३. मानव संशाधन सम्बन्धी तालिम ।
आम्दा नेपालको समन्वयमा आम्दा नेपाल अन्तर्गत संचालनमा रहेको मानव शंशाधन सफ्टवेयरको तलब भत्ता व्यवस्थापन सम्बन्धि १ दिनको तालिम वि.सं. २०८०।१२।१६ मा काठमाडौंमा सम्पन्न भएको छ । उक्त तालिममा आम्दा अस्पताल, सि.बा.म. अस्पताल, आम्दा मेची अस्पताल, आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक गरि जम्मा ५ जना सम्बन्धित मानव संशाधन इकाइका काम गर्ने कर्मचारीहरूको सहभागिता रहेको थियो । उक्त तालिम Nimble Infosys ले प्रदान गरेको थियो ।

४. आर्थिक  प्रस्तावना खोलेको सम्बन्धमा ।
आम्दा नेपाल के. का. को बैठक हल र कम्पाउण्ड वाल निर्माणका लागि सुचना प्रकाशन गरे बमोजिम रीतपूर्वक प्राप्त प्रस्तावनाको आर्थिक प्रस्तावना आम्दा नेपाल खरिद उपसमितको र सम्बन्धित बोलपत्रदाताहरूको रोहबरमा वि.सं. २०८०।१२।१२ मा खोलिएको छ ।

५. अनुगमन मुल्याङ्कनको प्रस्तुतीकरण सम्पन्न ।
आम्दा नेपाल अन्तर्गत संचालित स्तन तथा पाठेघरको मुखको क्यानसर परीक्षण शिविर परियोजनाको समाज कल्णाण परिषद्बाट भएको अनुगमन तथा मुल्याङ्कन प्रतिवेदनको समाज कल्याण परिषद्मा वि.सं. २०८०।१२।१६ मा सम्पन्न समिक्षा तथा प्रस्तुतीकरण कार्यक्रममा आम्दा नेपालको तर्फबाट मुख्य प्रशासक, सुदेश रेग्मी र बरिष्ठ अधिकृत, अच्युत सापकोटाले सहभागित जनाउनु भएको थियो ।

६. नियमित साप्ताहिक बैठक
बि.सं. २०८०।१२।१९ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
सुचना, प्रकाशन र संग्रहः आम्दा नेपाल मातहतका कार्यालयहरूले प्रकाशन गरेका सुचना, प्रकाशन एवं विभिन्न सञ्चारमाध्यमहरूमा आम्दा नेपाल सम्वन्धि जुनसुकै प्रकारको आलेख प्रकाशन भएकोमा संग्रह गरी व्यवस्थित भण्डारण गर्ने । अच्युत सापकोटा
२०८१०११५
जारी
योजना र कार्यक्रमः आम्दा नेपालले निर्धारण गरेको योजना तथा कार्यक्रमको कार्यान्वयन स्थिति संकलन गरी चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने । रश्मी पुतुवार
२०८१०११५
जारी
श्रम परिक्षणः श्रम ऐनमा तोकिए वमोजिम श्रम परिक्षण सम्पन्न गरी प्रतिवेदन बुझाउने । अच्युत सापकोटा
२०८०१२०१
जारी ।
श्रम अदालतको फैसलाः अध्यक्षज्यू संग आवश्यक मार्गनिर्देशन लिइ श्रम अदालतको फैसला कार्यान्वयन तथा जारी मुद्दा अन्तिम  टुङ्गोमा पुर्याउने ।
अच्युत सापकोटा
जारी ।

 
 
जनशक्ति व्यवस्थापनः जनशक्तिको तथ्याङ् अनिवार्यरूपमा तोकिएको सफ्टवेयरमा राख्ने व्यवस्था गर्ने । कर्मचारीको पारिश्रमिक लगायतको वितरण तोकिएको सफ्टवेयरबाट तयार गरी वितरणको व्यवस्था गर्ने अच्युत सापकोटा
२०८१०१०१
जारी ।
योजना र कार्यक्रमः आ.व. २०८१/०८२ का लागी योजना र कार्यक्रम तयार गर्न आवश्यक ढाँचा निर्धारण गरी पठाउने र चैत्र मसान्त भित्र एकिकृत विवरण पेश गर्ने रश्मी पुतुवार
२०८०१२३०
जारी ।
दर्ता नविकरणः दर्ता नविकरणको सुचि अध्यावधिक गर्ने र नविकरण हुन वाँकी देखिएमा सम्वन्धित कार्यालयलाइ ताकेता गर्ने । उमेश प्रसाद आचार्य
२०८०१२०१
जारी
पर्व तथा दिवसः आम्दा नेपालले मनाउनु पर्ने पर्व तथ दिवसहरूको सुचि अध्यावधिक गरी जानकारी गराउने उमेश प्रसाद आचार्य
२०८०१२०१
सम्पन्न
व्यवस्थापन कार्यशालाः व्यवस्थापन कार्यशालाका लागी चैत्र तेश्रो हप्ता प्रस्ताव गर्ने र कार्यशालामा प्रस्तुत गर्ने नीति, योजना, कार्यक्रम र वजेटको ढाँचा तयार गरी अध्यावधिक गर्ने रश्मी पुतुवार
२०८०१२१२
अध्यक्षज्यू समय अनुकुलता हेरी पत्राचारको तयारी ।
नीति, नियम, निर्देशिकाः नीति, नियम, निर्देशिका एवं कार्यविधि संशोधनका लागी तीन महलेको ढाँचामा प्रस्ताव पठाउन सम्वन्धित सबैलाइ जानकारी गराउने । आम्दा नेपालले स्विकृत गरि सकेका नीति, नियम निर्देशिकाहरूलाइ क्रमवद्धरूपमा आम्दा नेपालको वेभसाइडबाट लगइन गरेर डाउनलोड गर्न मिल्ने गरी राख्ने व्यवस्था गर्ने । अच्युत सापकोटा
२०८०१२१२
 
लेखा परिक्षण कार्ययोजनाः आ.व. २०७९/०८० को अन्तिम लेखा परिक्षण सम्पन्न गर्दा लेखा परिक्षकले दिएका सुझावहरूको कार्यान्वयनका लागी आवश्यक प्रवन्ध गर्ने । रश्मी पुतुवार
२०८०।१२।३०
केन्द्रीय कार्यालयको समिक्षा सम्पन्न । अन्यको जारी ।
 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
अनुगमन मुल्याङ्कनः आम्दा नेपालबाट जारी भएको कार्यविधि अध्यावधिक गर्ने, वार्षिक क्यालेण्डर तयार गर्ने, लेखा परीक्षण कार्य योजना तयार गर्ने । रश्मी पुटुवार/अच्युत सापकोटा
२०८१०११५
बिमाः आम्दा नेपाल अन्तर्गतका कार्यालयहरूबाज जारी गरिएको बिमा पोलेसीको अध्यावधिक, दावी र दावी फर्छयौटका बिबरणहरू अध्यावधिक सहित माग गरि प्रतिवेदन तयार गर्ने । अच्युत सापकोटा
२०८१०११५
 
ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
Merchant QR व्यवस्थापनः आम्दा अस्पतालको Merchant QR को व्यवस्थापनका लागि नयाँ QR Code श्रृजना गर्ने । रश्मी पुतुवार
२०८०।०१।१५
उपकरण खरिद व्यव्स्थापनः आम्दा अस्प्तालको Generator, आम्दा मेची अस्पतालको लागि server  एवं आम्दा नेपालको लागि Online UPS खरिदको कार्यलाइ प्राथमिकतासाथ कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय गरियो । अच्युत सापकोटा
२०८०।०१।१५
आन्तरिक लेखा परिक्षणः आन्तरिक लेखा परिक्षणका लागि तय गरिएको सुची अनुरूप सम्बन्धित कार्यालयबाट विबरण प्राप्त भएको जानकारी गरियो । थप विस्तृत विबरणका लागि कार्य प्रारम्भ भएको र सफ्टवयरको अनुगमनका लागि  कार्य प्रारम्भ भएको जानकारी गरियो । उमेश प्रसाद आचार्य
२०८०।०१।१५
Rigo Software: आपूर्तिकर्ताले रिगो सफ्टवेयर (Accounting & Inventory) निरन्तर संचलान गर्न नसक्ने जानकारी भएकामा थप व्यवस्थापनका लागि कार्ययोजना सहित अव उपरान्त अगाडिको व्यवस्थापन गर्नेगरि प्रतिवेदन पेश गर्ने ।
रश्मी पुतुवार/राम बाबु देव

धन्यबाद !
 
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map