Published Date: Mar 27, 2024
Expiry Date: Mar 30, 2024

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि

 
प्रकाशन मितिः २०८०।१२।१३ गते, मंगलवार
अवधिः वि.सं. २०८०।१२।०४ देखि २०८०।१२।१० गतेसम्म (ई.सं. २०२४, १२औं हप्ता) ।
साप्ताहिक अंक: १२/२०२४
 
१. स्थानीय व्यवस्थापन समितिको बैठक     
२०८०/१२/०४ गतेका दिन सिद्धार्थ बाल तथा महिला अस्पताल, स्थानीय व्यवस्थापन समितिको बैठक स्थानीय व्यवस्थापन समिति अध्यक्ष एवं बुटवल उप-महानगरपालिका प्रमुख श्री खेलराज पाण्डेज्यूको अध्यक्षतामा बस्यो । बैठकमा निम्नलिखित प्रस्ताव उपर छलफल भई आवश्यक निर्णय समेत गरियो ।
  • निवर्तमान मे.सु.लाई धन्यवाद एवं नवनियुक्त मे.सु.लाई स्वागत सम्बन्धमा ।
  • आमा सुरक्षा कार्यक्रम लागु गर्ने सम्बन्धमा ।
  • थप २०० शय्याको भवन निर्माणार्थ DPR तयारी सम्बन्धमा ।
  • सि.बा.म. अस्पतालको प्रगति विवरण सम्बन्धमा ।
  • आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुरुवात एवं प्रगति विवरण सम्बन्धमा ।
  • सि.बा.म. अस्पतालको २५औं वार्षिकोत्सवको समीक्षा सम्बन्धमा ।
  • विविध सम्बन्धमा ।
२. आन्तरिक व्यवस्थापन समितिको बैठक     
२०८०/१२/०६ गतेका दिन सिद्धार्थ बाल तथा महिला अस्पताल, आन्तरिक व्यवस्थापन समितिको बैठक आन्तरिक व्यवस्थापन समिति अध्यक्ष एवं मेडिकल सुपरिंटेन्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यूको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा निम्नलिखित प्रस्ताव उपर छलफल भई आवश्यक निर्णय समेत गरियो ।
  • विस्तारित सेवा केन्द्रको सम्भाव्यता अध्ययन सम्बन्धमा ।
  • आमा सुरक्षा कार्यक्रम संचालनार्थ अध्ययन एवं तयारि सम्बन्धमा ।
  • स्टाफ नर्स नियुक्ति सम्बन्धमा ।
  • स्टाफ नर्सहरूको करार सम्झौता नविकरण सम्बन्धमा ।
  • कम्प्युटर, फोटोकपी मेशिन लगायत खरिदका लागि केन्द्रीय कार्यालयलाई पत्राचार गर्ने सम्बन्धमा ।
  • DPR तयारीका लागि बुटवल उप-महानगरपालिकालाई अनुरोध गर्ने सम्बन्धमा ।
  • अस्पताल नविकरण प्रक्रिया गर्ने सम्बन्धमा ।
  • फार्मेसीमा कर्मचारी नियुक्ति प्रक्रिया गर्ने सम्बन्धमा ।
  • विदा स्वीकृति सम्बन्धमा ।
 
३. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
मिति २०८० चैत्र ८ गतेका दिन बुटवल उप-महानगरपालिका, वडा नम्बर ७ का वडा अध्यक्ष श्री पदम राज गाहाज्यूद्वारा सिद्धार्थ बाल तथा महिला अस्पतालका नवनियुक्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. बिनोद कुमार पराजुलीको स्वागत सम्पन्न भयो । वडा पदाधिकारी एवं अस्पतालका कर्मचारीको उपस्थितिमा सम्पन्न भएको स्वागत कार्यक्रम एवं व्यक्त गरिएका विचारले अस्पताल एवं वडा कार्यालय बीचको सम्बन्ध अझ प्रगाढ भएको र आगामी दिनमा सहयोगको आदान-प्रदान व्यापक रूपले हुने अपेक्षा लिइएको छ ।
 
४. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८०/१२/४ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो  र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो । त्यसैगरी, आगामी साप्ताहिक बैठक सोमवारका दिन बस्ने समेत निर्णय भयो ।
 
धन्यवाद !
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map