Published Date: May 20, 2024
Expiry Date: May 26, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
धुलावारी, झापा
आम्दा मेची अस्पताल
धुलावारी, झापा
प्रकाशन मितिः २०८१ ।०२।०७ गते, सोमवार
(अवधि वि.सं. २०८१।०१।३१ देखि २०८१।०२ ।०६ सम्म । इ.सं. २०२४, २० औं हप्ता)
१. अस्पताल व्यवस्थापन तथा संचालन निर्देशिका सम्बन्धमा l
- आम्दा मेची अस्पताल व्यवस्थापन तथा संचालन निर्देशिकालाई अन्तिम रुप दिन मिति २०८१/०२/०४ गते तेश्रो चरणको छलफल / वैठक वाणिज्य संघ तथा मेचीनगर नगरपालिका संग सम्पन्न भएको छ l उक्त वैठकमा आम्दा अस्पताल दमकका प्रशासक श्री सुमन कुमार नेपाल, आम्दा मेची अस्पतालका अधिकृत किरण निरौला, मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत श्री अनन्त वस्ती , मेची उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्री ऋषि तिम्सिना, मेची उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत श्री गोपाल बस्नेत , मेचीनगर नगरपालिका वडा नम्वर १० का वडाध्यक्ष श्री नारायण खनाल ज्यू को उपस्थिति रहेको थियो l