आम्दा नेपाल अन्तर्गत सञ्चालित सिद्धार्थ बाल तथा महिला अस्पतालमा स्थापित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्टान, बुटवलको लागि तपशिलमा उल्लेखित पदहरूका निमित्त तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले वि.सं. २०८०।०७।१५ गते भित्र online (http://amda.org.np/vacancies.html) मार्फत निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । रितपूर्वक प्राप्त निवेदकहरू मध्ये योग्यताको आधारमा सिमित निवेदकलाइ परिक्षामा सामेल गराइ योग्य व्यक्तिलाइ मात्र छनौट गर्न वा यस सुचनाको आधारमा प्रारम्भ भएको प्रकृया जुनसुकै वखत आंशिक वा पूर्णरूपमा रद्द गर्न गरिनेछ ।
विज्ञापन नं. | सेवाको प्रकार | पद | संख्या | न्युनतम योग्यता | प्राथमिकता |
१/९५१७ | विशेष सेवा करार/नियमित | बरिष्ठ अधिकृत (तह ७ सरह ) | १ | जनस्वास्थ्य वा सो सरहको विषयमा स्नातकोत्तर तह (MPH) उत्तिर्ण । |
|
२/९५१७ | विशेष सेवा करार/नियमित | अधिकृत (तह ६) | केही | नर्सिङ् वा फार्मेशी वा जनस्वास्थ्य विषयमा स्नातक तह (BSc Nursing/ B Pharma / BPH) उत्तिर्ण । |
|
विस्तृत जानकारीका लागि निम्न ठेगानामा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध छ ।
आम्दा नेपाल | आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान |
गोकर्णेश्वर - ६, जोरपाटी, काठमाण्डौं | बुटवल ७, रूपन्देही |
फोन नं. ०१४९१०२३५ / ०१४९१११४० | फोन नं. ०७१ ५०२०९७ |
http://amda.org.np/vacancies.html | http://amda.org.np/vacancies.html |