आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।०८।०८, सोमवार
अवधिः
वि.सं २०८२।०८।०१ देखि वि.सं.२०८२।०८।०७ गते सम्म (ई.सं २०२५ छयालिसौं
हप्ता)
साप्ताहिक
अंक: ४७/२०२५
१. कार्यकारिणी समितिको बैठक सम्पन्न ।
वि.सं.
२०८२।०८।०१ गते आम्दा नेपालका अध्यक्ष डा. रोहित कुमार पोखरेलको अध्यक्षतामा
कार्यकारिणी समितिको दोश्रो बैठक सम्पन्न भएको छ ।
२. लिखित परिक्षाको परिक्षाफल प्रकाशन ।
वि.सं.
२०८२।०७।१७ गते आम्दा नेपाल मातहत सञ्चालित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
रिक्त केही पदहरूको विज्ञापन भएकोमा वि.सं. २०८२।०७।३० गते अन्तरवार्ता सम्पन्न भइ
परिक्षाफल प्रकाशन भएको छ ।
३. स्वयंसेवकको मेडिकल लाइसेन्स सहजीकरण ।
जापानबाट
स्वयंसेवक चिकित्सकको रूपमा नेपाल आएर सेवा प्रदान गर्न इच्छुक डा. ताकुसी
सातोको मेडिकल लाइसेन्स लिन निवेदन दिने
प्रकृयामा सहजिकरण गरिएको छ ।
४. कर्पोरेट पेमेन्ट खाता अध्यावधिक ।
आम्दा
नेपालको आर्थिक कारोवारलाइ पूर्णतया डिजिटल बनाउने प्रयास स्वरूप नेपाल क्लियरिङ्
हाउसबाट प्राप्त भएको प्रयोगकर्ता खातालाइ अध्यावधिक गरिएको छ ।
५. टिप्पणी तयार एवं व्यवस्थापन ।
आम्दा
नेपालको केन्द्रिय कार्यालयबाट प्रस्ताव हुने जुनसुकै टिप्पणी फायलहरूको
व्यवस्थापनलाइ सरलीकृत गर्न र फायलहरूको सुरक्षा प्रवन्ध सुनिश्चित गर्नका लागी निम्न
शिर्षकमा नोट तयार गरी सम्वन्धित कर्मचारिहरूलाइ अभिमुखीकरण गरिएको छ ।
क.
सामान्य विषयमा तोकआदेश वमोजिम काम
गर्ने,
ख.
प्रस्ताव सहित टिप्पणी तयार गर्ने,
ग.
टिप्पणी तयारी,
घ.
अख्तियारी खुलाउने,
ङ.
टिप्पणी संख्या खुलाउने,
च.
टिप्पणीको अलग्गै लगत राख्ने,
छ.
कार्यान्वयनको लागी पत्राचार,
ज.
डिजिटल कपी बनाइ सुरक्षित गर्ने,
झ.
प्रगति विवरण,
६. नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।०८।०८ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
बार्षिक कार्यसुची
अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
नागरिक वडापत्र र सुचना
-
वडापत्र प्रकाशन कार्यविधि
अध्यावधिक गर्ने -
हाल प्रकाशित नागरिक वडापत्रको फोटो
संकलन गरी सुरक्षित भण्डारण गर्ने -
बडापत्र अध्यावधिक गर्ने -
कार्यक्रमको वारेमा सुचना प्रवाह
गरी संवन्धित निकायमा जानकारी दिने |
|
२ |
आपूर्ति
-
कार्यालयले प्रयोग गर्ने सरसामानको
सुची र वार्षिक खपत हुने परिमाणको सुचि अध्यावधिक गर्ने -
मौजाद विवरण तयार गर्ने -
गुदगन्ति तथा भौतिक परिक्षण
प्रतिवेदनको आधारमा काम नलाग्ने सरसामान नष्ट गर्ने -
आकस्मिक प्रयोजनका लागी कायम राख्ने
सरसामानको सुची र न्यूनतम संख्या अध्यावधिक गर्ने -
खरिद तथा आपूर्ति योजना तयार गर्ने -
सुचिकृत फर्महरूको नामावली
अध्यावधिक गर्ने -
संझौता वमोजिम काम भए नभएको
मूल्याङ्कन गर्ने -
नियमित मरमत संभारको योजना
अध्यावधिक गर्ने |
|
३ |
सुचना प्रविधि
-
कार्यालयको सुचना प्रविधि नीति
अध्यावधिक गर्ने -
प्रयोगमा रहेका सुचना प्रविधि
उपकरणहरूको सुचि अध्यावधिक गर्ने -
प्रयोगमा रहेका सुचना प्रविधि
संवन्धि सफ्टवेयरको सुचि अध्यावधिक गर्ने -
वेभसाइडमा प्रकाशित सामाग्रीहरू
अध्यावधिक गर्ने -
टेलिफोन, इमेल लगायतको सुचि अध्यावधिक गर्ने -
तथ्याङ्हरूको सुरक्षित भण्डारण
गर्ने |
धन्यवाद
।
