आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन
मितिः २०८२।०७।१७, सोमवार
अवधिः
वि.सं २०८२।०७।१० देखि वि.सं.२०८२।०७।१६ गते सम्म (ई.सं २०२५ चवालिसौं
हप्ता)
साप्ताहिक
अंक: ४४/२०२५
१. कार्यकारिणी समितिको निर्वाचन ।
आम्दा
नेपालको कार्यकारिणी समिति निर्वाचनको लागी मनोनयन दर्ता गर्ने कार्य सम्पन्न भएको
छ ।
२. जनशक्ति व्यवस्थापन प्रणाली ।
आम्दा
नेपालले प्रयोग गर्दै आएको जनशक्ति व्यवस्थापन प्रणालीको प्रभावकारी उपयोगिताको
लागी वि.सं. २०८२।०७।१२ गते आम्दा नेपाल र सफ्टवेयर आपूर्तिकर्ता श्री निम्बल
इन्फोसिश विच पुरक संझौता सम्पन्न भएको छ ।
३. विज्ञापन प्रकाशन ।
आम्दा
नेपाल मातहत सञ्चालित शैक्षिक प्रतिष्ठानहरूको लागी रिक्त पदमा पदपूर्तिको लागी
वि.सं. २०८२।०७।११ गते सुचना नं. ११२०२ प्रकाशन गरिएको छ । इच्छुक योग्य उमेदवारले
अनलाइन मार्फत निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
४. खरिद सहमति प्रदान ।
आम्दा
स्वास्थ्य विज्ञान प्रतिठानको अनुरोध वमोजिम जम्मा अनुमानित मूल्य ८,०५,०००।०० का
विभिन्न सरसामान खरिदका लागी वि.सं. २०८२।०७।१४ गते सहमति प्रदान गरिएको छ ।
५. नियमित साप्ताहिक बैठक ।
वि.सं.
२०८२।०७।१७ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
बार्षिक कार्यसुची
अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।
|
क्र. सं. |
कामको विवरण
तथा निर्णयको सारांश |
|
१ |
नीति, नियम, कार्यविधि तथा निर्देशिका
-
जारी भर्इ गरिसकेका मापदण्ड, कार्यविधि, नीति, नियम,
निर्देशिकाहरूको सुची अध्यावधिक गर्ने -
आवश्यक ठानिएका कार्यविधिहरूको सुची
अध्यावधिक गर्ने र तयारीको कार्ययोजना वनाउने -
संशोधन आवश्यक ठानिएकोमा तीन महले
तयार गर्ने -
जिम्मेवार कर्मचारीलाइ पुर्नताजगी
प्रशिक्षण दिने |
|
२ |
लेखा परिक्षण
-
आन्तरिक लेखा परिक्षणको अभ्यास र
प्रतिवेदन उपर छलफल -
आन्तरिक लेखा परिक्षण प्रतिवेदनको
कार्यान्वयन समिक्षा -
अघिल्लो अवधिमा सम्पन्न लेखा
परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन अवस्था रूजु गर्ने -
लेखा परिक्षक नियुक्ति र काम
थालनीको व्यवस्था मिलाउने -
लेखा परिक्षणमा उठेका सवालहरूको
कार्यान्वयन स्थितिको मुल्याङ्कन तथा अनुगमनका लागी चेकलिष्ट तयार गर्ने -
बेरूजु फर्योटका लागी कार्ययोजना
तयार गर्ने -
लेखा अनुशासनका लागी विद्धमान नीति
विलश्षेण गरी आवश्यकता अनुरूप नयाँ नीति तर्जुमा गर्ने -
बैंक खाताहरूको स्थिति पहिचान तथा
विवरण अध्यावधिक गर्ने -
कार्यक्रमहरूको प्रगति मूल्याङ्कन
गर्ने गराउने |
|
३ |
कार्यक्रम
स्विकृति (स.क.प.)
-
सञ्चालनमा रहेका कार्यक्रमहरूको
नविकरण तथा स्विकृतिका लागी आवश्यक व्यवस्था गर्ने । -
सम्पूर्ण कार्यक्रमहरूको
छुट्टाछुट्टै प्रगति विवरण अध्यावधिक गर्ने । -
प्रगति विवरणहरू समाजकल्याण परिषदमा
पेश गर्ने । -
प्रगति विवरणहरू स्थानिय निकायमा
पेश गर्ने । -
प्रगति विवरणहरू दातृ निकायमा पेश
गर्ने । -
प्रतगि विवरणहरू सार्वजनिक गर्ने । -
नयाँ कार्यक्रम सञ्चालन तथा
स्विकृतिका लागी आवश्यक व्यवस्था मिलाउने । |
|
४ |
विपद् व्यवस्थापन
-
आकस्मिक सेवा सञ्चालन कार्यविधि
अध्यावधिक गर्ने । -
विपद् व्यवस्थापन तथा पूर्वतयारी
सम्वन्धि तालिम सञ्चालन गर्ने । -
विपद् सम्वन्धि आकस्मिक स्वास्थ्य
सेवा सञ्चालनका चेकलिष्ट रूजु गर्ने । -
विपद् व्यवस्थापन सम्वन्धि
सरसामानको न्युनतम भण्डारण सुनिश्चित गर्ने । |
धन्यवाद
।
