Gokarneshwar-6, Jorpati, Kathmandu, Nepal Tel: +977-1-4910235, 4911140

Published Date: 2082-07-11
Expiry Date: 2082-07-16

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।०७।११, मंगलवार

अवधिः वि.सं २०८२।०७।०३ देखि वि.सं.२०८२।०७।०९ गते सम्म (ई.सं २०२५ बयालिसौं हप्ता)

साप्ताहिक अंक: ४३/२०२५

१.     हार्दिक श्रद्घाञ्जली अर्पण

आम्दा नेपालका संस्थापक अध्यक्ष डा. रामेश्वर प्रसाद पोखरेलको ममतामयी आमा कृण्ण कुमारी पोखरेलको वि.सं. २०८२।०६।२५ गते स्वर्गारोहण भएकोमा हार्दिक श्रद्घाञ्जली अर्पण गरिएको छ ।

२.     तिहार विदा ।

वि.सं. २०८२।०७।०३ देखी वि.सं. २०८२।०७।०६ सम्म तिहार बिदा परेकोमा शुभेच्छुक सबैमा तिहारको शुभकामना सहित विदाको जानकारी गराइएको छ ।

३.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।०७।११ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

धरौटी, जमानत

-       जुनसुकै प्रयोजनका लागी अन्य संस्थामा बुझाएको धरौटी, जमानत आदिको विवरण अध्यावधिक गर्ने

-       जुनसुकै प्रयोजनका लागी कार्यालयले फिर्ता बुझाउनु पर्ने गरी राखेको धरौटी, जमानत आदिको विवरण अध्यावधिक गर्ने

सहयोग परिचालन तथा सामुदायिक सेवा

-       सामुदायिक सेवा सञ्चालन कार्यविधि अध्यावधिक गर्ने

-       स्थानिय दाताहरूसँग समन्वय बैठक गर्ने

-       स्थानिय दातालाइ सम्मान कार्यक्रम आयोजना गर्ने

-       सेवा विस्तार एवं सुदृढिकरणमा अपुग श्रोतको वारेमा प्रस्तुति गर्ने

-       समुदायस्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने

-       समुदायमा क्रियाशिल संघ/संस्थासँग समन्वय बैठक सञ्चालन गर्ने

-       स्थानिय सरकारसँग समन्वय गरी सामुदायिक सेवामा योगदान गर्ने

आर्थिक समिक्षा र बजेट

-       र्इकाइगत आर्थिक कारोवारको विवेचनात्मक अध्ययन गरी विवरण तयार गर्ने

-       तोकिएको लक्ष्यको विवेचना र आवश्यकता अनुसार लक्ष्य संशोधनका लागी आवश्यक व्यवस्था गर्ने

-       तोकिएको लक्ष हासिल नहुने अवस्था आइपरेमा कारण सहित नोट तयार गर्ने

-       कार्यक्रम इकाइबाट प्राप्त प्रस्तावहरूको प्राथमिकता छुट्टाइ वजेट विनियोजन गर्ने

-       वजेट कार्यान्वयन स्थिति समिक्षा गर्ने

-       रकमान्तर गर्नु परेमा प्रस्ताव तयार गर्ने

दर्ता एवं नविकरण ।

-       दर्ता र नविकरण गराउनुपर्ने विषयहरूको वर्गिकरण गर्ने

-       दर्ता र नविकरण संवन्धि कामको चरणवद्द योजना र जिम्मेवारी तोक्ने

-       समयमा काम सम्पन्न नगरेमा हुने क्षति र सोको जिम्मेवारी जानकारी गराउने

-       दर्ता नविकरणको काम प्रति जिम्मेवार कर्मचारीलाइ तालिका जानकारी गराउने

-       वार्षिक नीति, योजना, कार्यक्रम र वजेटको जानकारी संवन्धित सरकारी निकायमा पेश गर्ने

-       कार्यक्रम सञ्चालन स्विकृति लिनु पर्नेमा स्विकृति लिने व्यवस्था गर्ने

-       दर्ता नविकरण सुची र अवस्था सहितको विवरण वेभसाइडमा अध्यावधिक गर्ने

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//