आम्दा
नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८२।०५।१६, सोमवार
अवधिः वि.सं २०८२।०५।०८ देखि
वि.सं.२०८२।०५।१४ गते सम्म (ई.सं २०२५ ३५ औं हप्ता)
साप्ताहिक अंक: ३५/२०२५
१. खरिद
व्यवस्थापन ।
आम्दा नेपालले गर्ने खरिद सम्वन्धि कामहरूलाइ यथासंभव पारदर्शी
बनाउने प्रयास स्वरूप खरिद सम्वन्धि काम नेपाल सरकारको सार्वजनिक खरिद व्यवस्थापन
प्रणाली मार्फत गर्नका लागी सार्वजनिक खरिद अनुगमन कार्यालय समक्ष आम्दा अस्पताल
मार्फत वि.सं. २०८२।०५।११ गते निवेदन पेश भएको छ ।
२. सम्वन्धन स्विकृति अनुमोदन ।
सिद्धार्थ बाल तथा
महिला अस्पताल, बुटवलमा सञ्चालित आम्दा स्वास्थ्य विज्ञान
प्रतिष्टानले सञ्चालन गर्दै आएका नर्सिङ्, फार्मेशी र
सामान्य चिकित्सा विषयकत्र कार्यक्रम सम्वन्धन स्विकृतिको अनुमोदन भइ आएकोमा,
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को च.नं. ५७०, वि.सं. २०८२।०५।१२ गतेको पत्रानुसार आवश्यक शर्तहरूको पालना गरी कार्यक्रम
सञ्चालन गर्न च.नं. १११५९, वि.सं. २०८२।०५।१३ गतेको पत्र
मार्फत अनुरोध गरिएको छ ।
३. वार्षिक मरमत सम्भार सम्झौता
प्रस्ताव
आम्दा नेपालले प्रयोग
गर्दै आएको जनशक्ति व्यवस्थापन सम्वन्धि सफ्टवेयरको उत्पादकसँग उक्त सफ्टवेयरको वार्षिक मर्मत सम्भार सवन्धि शर्तहरू थप स्पष्ट गर्दै पुरक सम्झौता गर्न प्रस्ताव गरिएको छ । यसबाट उक्त सफ्टवेयरको नियमित निरीक्षण र मर्मत,
आपतकालीन सेवा उपलब्धता, दीर्घकालिन
स्तरोन्नतिमा पहुँच एवं संस्थाको लागत नियन्त्रण र समय बचत गर्न मदत पुग्ने
अपेक्षा गरिएको छ ।
४. शिलवन्दी दरभाउपत्रहरूको मूल्याङ्कन ।
आम्दा नेपालले केही
कार्यालय उपकरणहरू खरिदका लागी वि.सं. २०८२/०४/२७ गते प्रकाशन गरेको सुचना नं. 01109/AMDA/101/2082/83 वमोजिम वि.सं. २०८२/०५/११ गते रितपूर्वक
प्राप्त शिलवन्दी दरभाउपत्रहरू खोलेर प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्याङ्कन
भइरहेको छ ।
५. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८२।०५।१६ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल
र निर्णयहरू गरिएको छ ।
बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने
कामको जानकारी तथा निर्णयको सारांश ।
क्र. सं. |
कामको विवरण तथा निर्णयको सारांश |
१ |
विशेष
सेवा करार नियुक्ति आम्दा
नेपाल मातहतका कार्यालयहरूले कार्यालयस्तरमा आवश्यक जनशक्ति मध्ये, विशेष सेवा करारमा प्रतक्ष्य कर्मचारी नियुक्ति गर्दा एकरूपमा कायम
गर्नका लागी आवश्यक व्यवस्था मिलाउन एक कार्यदल गठन गर्ने । |
२ |
कर्मचारी
बढुवा प्रवन्ध
समितिको वि.सं. २०८२/०४/२७ गते सम्पन्न बैठकको निर्णयानुसार आम्दा
नेपालले यस पुर्व प्रकाशन गरिएको सुचना वमोजिम प्रकृयामा रहेका कर्मचारी बढुवा
सिफारिशहरू रूजु गरी निर्णयार्थ प्रवन्ध समितिमा पेश गर्न आवश्यक व्यवस्था
मिलाउने । |
३ |
जिम्मेवारी
परिवर्तन प्रवन्ध समितिको वि.सं. गते सम्पन्न बैठकको
निर्णयानुसार आम्दा नेपालको शाखा/इकाइ स्तरमा
कार्यरत कर्मचारीहरूको जिम्मेवारी परिवर्तन भएकोमा तदनुरूप काम
तथा कर्तव्य विवरण अध्यावधिक गरी सवन्धित कर्मचारीहरूलाइ आवश्यक प्रशिक्षणको
व्यवस्था गर्ने । |
४ |
कार्यसम्पादन मूल्याङ्कन आम्दा नेपालको कार्यसम्पादन मूल्याङ्कन
कार्यविधि वमोजिम रितपूर्वक प्राप्त कर्मचारी कार्यसम्पादन मूल्याङ्कनलाइ
सुरक्षित गर्ने र छुट भएका कर्मचारीहरूलाइ अन्तिम मौका स्वरूप वि.सं. २०८२।०५।१९
गते भित्र आ- आफ्नो कार्यसम्पादन मूल्याङ्कन फारम बुझाउन सुचित गर्ने । |
५ |
स्थानिय
सहयोग परिचालन - स्थानिय
सहयोग परिचालन नीति तथा कार्ययोजना अध्यावधिक गर्ने - स्थानिय
व्यवस्थापन कार्यविधि अध्यावधिक गर्ने (तीन महले) - स्थानिय
व्यवस्थापन समितिको संरचना अध्यावधिक गराउने - स्थानिय
व्यवस्थापन समितिको बैठकका निर्णयहरू अध्यावधिक गराउने - स्थानिय
व्यवस्थापनमा आम्दा नेपाल, के.का.को सम्वन्ध
विस्तारका लागी आवश्यक व्यवस्था मिलाउने |
६ |
नियमित
निरिक्षण र मरमत संभार - शाखागत
नियमित निरिक्षण चेकलिष्ट अध्यावधिक गर्ने - नियमित
सर्भिसिङ् तालिका अध्यावधिक गर्ने - कार्यालय
परिसरको पूर्ण निरिक्षण (पानी, ढल, विजुली, टेलिफोन, उपकरण, फर्निचर, सवारीसाधन, भवन/कोठा) गर्ने - मरमत
आवश्यक देखिएमा मरमत गर्ने - काम
नलाग्ने सरसामान छुट्टाइ नष्ट गर्ने सुची अध्यावधिक गर्ने |
धन्यवाद ।