Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-08-19
Expiry Date: 2024-08-26

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०५।०४ गते
(अवधि वि.सं. २०८१।०४।२८ देखि २०८१।०५।०२ सम्म ई.सं. २०२४, ३३ औं हप्ता)

१. नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको निर्णय अनुसार बिमाको नयाँ सुबिधा थैली (दररेट) आम्दा अस्पताल दमकमा लागु भएको छ ।

नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको प्रकाशित सूचना बमोजिम मिति २०८१।०५।०१ गते बाट स्वास्थ्य बिमाको सुबिधा थैली (दररेट) मा परिवर्तन भएबमोजिम मिति २०८१ भाद्र १ गते देखि आम्दा अस्पतालमा नयाँ Benefit Package Update तथा MAPPING गर्नु पर्ने काम सम्पन्न भएकोले छ । उक्त कार्यमा Counter department, pharmacy department, Lab department, claim department, IT Department गरि प्रत्येक Department बाट चार चार जनाका दरले department अनुसारको Mapping तथा updates हरुको बारेमा जानकारी गरिएको थियो l

२. आम्दा अस्पतालमा स्वास्थ्य बिमाको नयाँ सुबिधा थैली बारे जानकारी आदानप्रदान  कार्यक्रम सम्पन्न भएको छ l
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८१।०४।३२ गते, स्वास्थ्य बिमाको claim सम्बन्धि विविध बिषयहरुमा छलफल कार्यक्रम सम्पन्न भयो l अस्पतालको तालिम हलमा गरिएको कार्यक्रममा विभिन्न वार्ड इन्चार्ज तथा दर्ता तथा billing साखा, pharmacy साखा, claim साखा, IT साखा, प्रशासन साखाका कर्मचारीहरुले उक्त छलफल कार्यक्रममा सहभागीता जनाउनु भयो l अस्पतालमा लागु भएका स्वास्थ्य बिमा कार्यक्रमको मिति २०८१-०५-०१ गते बाट लागु हुने नयाँ सुबिधा थैली को Hospital Documentation मा आइपर्ने समस्याहरु, Claim मा हुने समस्याहरु, कस्तो कस्तो बिषयहरुमा claim गर्न मिल्ने नमिल्ने बिषयहरुमा छलफल सम्पन्न भयो l कार्यक्रम बारे छलफल गर्दै अस्पताल मेसु. डा. प्रकाश शर्माले कार्यक्रम बारे विस्तृत रुपमा जानकारी गराउनुभयो l प्रशासनिक कठिनाई बिषयहरुमा अस्पताल प्रशासक सुमन कुमार नेपाल ले      उक्त कार्यक्रम बारेमा IT साखा बाट श्री उत्सव गुरागाईंले जानकारी दिनुभयो l

धन्यवाद,

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.