Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2021-08-09
Expiry Date: 2021-08-16

AMDA Nepal
MCH Project

Dang
Weekly News
स्वास्थ्य कर्मीहरुलाई इम्प्लान्ट तालिम
आम्दा माइन्ड्स जापान को आर्थिक सहयोगमा आम्दा नेपाल MCH Project, प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटवल र गढवा गाउँ पालिका स्वास्थ्य शाखाको समन्वय र सहकार्यमा  गढवा गाउँपालिका का ८  जना स्वास्थ्य कर्मी हरुलाई इम्प्लान्ट तालिम संचालन भएको छ ।  पहिलो लट को तालिम नेपालगंज मा सम्पन्न भएको छ भने दोस्रो लट को तालिम घोराही मा सुरु भएको छ । प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठको प्रमुख अतिथ्यमा नेपालगंज मा संचालन भएको तालिमको अध्यक्षता भेरी अस्पतालका मे. सु. डा. प्रकाश थापाले गर्नुभएको थियो भने भेरी अस्पताल बाट सुभद्रा रोका र ममता श्रेष्ठ ले तालिममा प्रशिक्षण गर्नु भएको थियो ।  बरिस्ठ स्वास्थ्य शिक्षा अधिकृत अरुण ज्ञवालीको संयोजनमा संचालन भएको तालिम २०७८ श्रावण १५ गते देखि शुरु भइ २२ गते समापन भएको थियो । समापनमा आम्दा माइन्ड्सका प्रोग्राम कोअडीनेटर प्रदिप राज पन्त को उपस्थिति रहेको थियो ।
त्यसै गरि दोस्रो लट को तालिम मिति २०७८ श्रावण २१ गते देखि परिवार नियोजन संघ दाङ घोराही मा शुरवात भएको छ । प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटवलका बरिस्ठ स्वास्थ्य शिक्षा अधिकृत भुवन कुँवरको संयोजनमा शुरु भएको तालिमको अध्यक्षता स्वास्थ्य कार्यालय दाङ का प्रमुख अंगद बहादुर शाही ले गर्नु भएको थियो भने उद्गघाटन सत्रमा आम्दा नेपाल MCH Project Manager राजेन्द्र रुचाल, FPAN घोराही का प्रबन्धक बसन्त खनाल लगायत को उपस्थिति रहेको थियो ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.