Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-06-24
Expiry Date: 2024-07-01

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०३।१० गते
(अवधि वि.सं. २०८१।०३।०३ देखि २०८१।०३।०९ सम्म ई.सं. २०२४, २५ औं हप्ता)

१. "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" (ROUSG) तालिमको सम्पन्न भएको छ ।

श्री स्वास्थ्य तालिम केन्द्र, बागमती प्रदेश सरकार को आयोजनामा र हिमालयन हेल्थ केयर को आर्थिक सहयोग मा मिति २०८१/०२/१८ देखि २०८१/०३/०६ गते सम्म यस आम्दा अस्पताल दमकमा ८३ औ  "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" सम्बन्धि तालिमको समापन भएको छ l उक्त  तालिमको समापन कार्यक्रममा यस अस्पताल नि. प्रमुख डा. प्रकाश शर्माले गर्नु भयो, वहाँले उक्त कार्यक्रमको महत्व बारे जानकारी दिनुभयो भयो l कार्यक्रममा हिमालयन हेल्थ केयरका Program Officer श्री कुल मणि बस्नेतले पनि उक्त तालिम समापन कार्यक्रममा उपस्थिती जनाउनु भयो l ROUSG तालिमको Trainer को रुपमा यस अस्पतालबाट डा. पुरुषोत्तम माझी, डा. शशांक पोख्रेल, डा. दिब्य तुलाचन, टिका सुबेदी र पुनम गौरो रहनुभएको थियो l तालिममा सहभागीहरुको रुपमा स्वास्थ्य कार्यालय, धादिंग बाट ३ जना र जाजरकोट बाट २ जना  गरि जम्मा ५ जनाले ROUSG तालिममा सहभागिता जनाउनु भयो l उक्त तालिमले SBA तालिम प्राप्त नर्शिंग कर्मचारीहरुलाई अल्ट्रासाउन्ड मेशिन संचालन गर्न साथै अल्ट्रासाउन्ड सम्बन्धि बिबिध जानकारी दिएको, तालिमको समापन कार्यक्रमको क्रममा तालिम संयोजक श्री टिका सुबेदीले जानकारी दिनुभयो ।

२. Medical Officer-MO-(SSA) को नियुक्तिको लागी दरखास्त आब्हान गरिएको बारे ।
यस आम्दा अस्पताल, दमकमा मेडिकल अधिकृत करारमा कर्मचारी आवस्यकता भएको हुनाले उक्त पदमा केही कर्मचारी नियुक्ति को लागी दरखास्त आब्हान गरिएको छ l मिति २०८१-०२-२९ गते आब्हान गरिएकोमा २०८१-०३-१० मा लिखित परीक्षा तोकिएको छ l

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.