साप्तिहिक बैठक 2077.03.08
आम्दा नेपाल
केन्द्रिय कार्यालय काठमाडौं
मितिः २०७७।०३।११
साप्ताहिक समाचार
१. कार्यकारिणी समितिको बैठक
आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा मिति २०७७.०३.०२ गते कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ ।
२. समझदारीपत्रमा हस्ताक्षर सम्पन्न
सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलमा मातृत्व सघन उपचार सेवा संचालनका लागि रू. १,२१,४५,०००/-बराबरको स्वास्थ्य उपकरण सहितको पुर्वाधार तयार गर्न रोटरी क्लब अफ बुटवल डाउनटाउन र आम्दा नेपालबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
३. सूचिदर्ताको सूचना प्रकाशन
आम्दा नेपाल अन्तर्गत संचालित अस्पताल/परियोजनाहरूका लागि आवश्यक वस्तु एवं सेवा आपूर्ति गर्न मिति २०७७।०३।०४ मा आपूर्तिकर्ताहरूको सूचिदर्ता गर्न सूचना प्रकाशन गरिएको छ ।