Gokarneshwar-6, Jorpati, Kathmandu, Nepal Tel: +977-1-4910235, 4911140

Published Date: 2083-02-31
Expiry Date: 2083-03-06

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८३।०२।३१, आइतवार

अवधिः वि.सं २०८३।०२।२४ देखि वि.सं.२०८३।०२।३० गते सम्म

साप्ताहिक अंक: २४/२०२६

१.           अतिथी सत्कार एवं सम्मान अर्पण

केही दिनका लागी नेपाल भ्रमणमा आउनुभएका आम्दा अन्तरराष्ट्रियका संस्थापक अध्यक्ष डा. शिगेरू सुगानामी तथा आम्दा अन्तरराष्ट्रियका महासिचव डा. युसुफ इरावानलाइ वि.सं. २०८३।०२।२९ गते आम्दा नेपाल अध्यक्ष डा. रोहित कुमार पोखरेल एवं सचिव डा. दुर्गा प्रसाद भँडारीले भेटघाट गरी मैत्रीपूर्ण अतिथी सत्कार एवं सम्मान अर्पण गर्नुभएको छ । अतिथीहरूको उपस्थितिमा आम्दा नेपालका अध्यक्ष डा. रोहित कुमार पोखरेल सहित काठमाडौंमा उपलब्ध आम्दा नेपालका सदस्यहरू विच आम्दा नेपालको विकाश र कार्यक्रम विस्तारको विषयमा छलफल सहित एकसाथ रात्रीभोज समेत सम्पन्न भएको छ ।

२.           आर्थिक तथा रणनीतिक समिक्षा बैठक ।

आम्दा नेपाल मातहतका कार्यालयहरूको आर्थिक तथा रणनीतिक समिक्षा बैठक वि.सं. २०८३।०२।२४ गते सम्पन्न भएको छ । बैठकमा आम्दा नेपालका अध्यक्ष, सचिव, कोषाध्यक्ष, कार्यक्रम निर्देशक लगायत कार्यालय प्रमुखहरू, लेखा शाखा प्रमुखहरू एवं आइटि शाखा प्रमुखको उपस्थिति रहेको थियो ।

३.           अभिमुखीकरण कार्यक्रम ।

गोकर्णेश्वर नगरपालिकाको सिफारिशमा जनस्वास्थ्य कार्यालय, टेकुले वि.सं. २०८३।०२।२६ र २७ गते सञ्चालन गरेको डाटा भेरिफिकेशन तथा म्यालिडेशन एवं गुणस्तरिय सुधार DHIS2 सम्वन्धि २ दिने अभिमुखीकरण कार्यक्रममा आम्दा नेपालका कर्मचारी श्री सुवास दुलाल सहभागी हुनुभएको छ ।

४.           कार्यसम्पादन मूल्याङ्कन ।

आम्दा नेपालको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि अनुरूप वि.सं. २०८३।०४।१५ गते भित्र कार्यसम्पादन मूल्याङ्कन सम्पन्न गरी विवरण पेश गर्न पत्राचार गरिएको छ ।

५.           सेवा शूल्क ।

आम्दा नेपाल मातहतका कार्यालयहरूले प्रदान गर्ने विभिन्न सेवाहरूको सेवाशूल्क समिक्षा गरी प्रतिवेदन पेश गर्न निर्देश गरिएको छ ।

६.           खरिद संझौता एवं समझदारी

आम्दा नेपाल मातहतका कार्यालयहरूले विभिन्न आपूर्तिकर्ताहरू सँग गरेका खरिद खरिद संझौता एवं समझदारी पत्रहरू संकलन र संग्रह गर्ने व्यवस्था मिलाइएको छ ।

७.           नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८३।०२।३१ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

स्थानिय सहयोग परिचालन

-       स्थानिय सहयोग परिचालन नीति तथा कार्ययोजना अध्यावधिक गर्ने

-       स्थानिय व्यवस्थापन कार्यविधि अध्यावधिक गर्ने (तीन महले)

-       स्थानिय व्यवस्थापन समितिको संरचना अध्यावधिक गराउने

-       स्थानिय व्यवस्थापन समितिको बैठकका निर्णयहरू अध्यावधिक गराउने

-       स्थानिय व्यवस्थापनमा आम्दा नेपाल, के.का.को सम्वन्ध विस्तारका लागी आवश्यक व्यवस्था मिलाउने

विमा

-       विमा नीति संशोधनका लागी आवश्यक छलफल गर्ने 

-       विमा कार्यविधि अध्यावधिक गर्ने  ।

-       विमालेखको विवरण तयार गरी अध्यावधिक गर्ने

-       पछिल्लो अवधिमा भएको बिमा दाबी र फस्र्यौट अवस्था रूजु गर्ने र विवरण तयार गर्ने

 

 

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//