Gokarneshwar-6, Jorpati, Kathmandu, Nepal Tel: +977-1-4910235, 4911140

Published Date: 2083-02-24
Expiry Date: 2083-02-30

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८३।०२।२४, आइतवार

अवधिः वि.सं २०८३।०१।१७ देखि वि.सं.२०८३।०२।२३ गते सम्म

साप्ताहिक अंक: २३/२०२६

१.           कार्यकारिणी समितिको बैठक सम्पन्न

आम्दा नेपालका अध्यक्ष डा. रोहित कुमार पोखरेलको अध्यक्षतामा कार्यकारिणी समितिको आठौं बैठक वि.सं. २०८३।०२।२० गते बुधवार सम्पन्न भएको छ ।

२.           आम्दा नेपालको ६८ औं साधारण सभा सम्पन्न ।

आम्दा नेपालको ६८ औं साधारण सभा वि.सं. २०८३।०२।२३ गते डा. रोहित कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न भएको छ । यस साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागी आम्दा नेपालको वार्षिक नीति, योजना, कार्यक्रम र वजेट अनुमोदन गरेको छ । यस साधारण सभामा सि.बा.म. अस्पताल स्थापनाकालमा अस्पताल भवनको डिजाइन लगायतको प्राविधिक काममा महत्वपूर्ण योगदान गर्ने इन्जिनियर श्री किशोर थापा र आर्किटेक्ट श्री मीरा ज्ञवालीलाइ सम्मान गरिएको छ ।

३.           कर्मचारी नियुक्त ।

आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविरको लागी कार्यक्रम अधिकृत पदमा श्री अनुशा आचार्य नियुक्त हुनुभएकोमा वि.सं. २०८३।०२।२१ गते देखी हाजिर हुनु भएको छ ।

४.           नागरिक वडापत्र ।

आम्दा नेपाल मातहतका कार्यालयहरूले प्रदान गर्ने सेवाहरूको संक्षिप्त विवरण सहितको नागरिक वडापत्र अध्यावधिक गरी आम्दा नेपालको वेभसाइडमा समेत हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।

५.           आर्थिक तथा रणनीतिक समिक्षा बैठक ।

आम्दा नेपाल मातहतका कार्यालयहरूको आर्थिक तथा रणनीतिक समिक्षा बैठक वि.सं. २०८३।०२।२४ गते आव्ह्रान गरिएको छ । यस बैठकमा कार्यक्रम प्रमुख, प्रशासन/लेखा शाखा प्रमुखहरूको सहभागिता रहने छ ।

६.           नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८३।०२।२४ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

कार्यसम्पादन मूल्याङ्कन

-       कर्मचारी कार्यसम्पादन मूल्याङ्कन कार्यविधि अध्यावधिक गर्ने ।

-       पुन का.स.मु. गराउनु पर्ने ठहर भएका कर्मचारीहरूको नियमानुसार कारवाही गर्ने ।

-       का.स.मु को तथ्याङ्क र सारांश अध्यावधिक गराउने ।

सेवा शूल्क

-       इकाइगत रूपमा तोकिएको ढाँचामा सेवा शूल्कको समिक्षा गर्ने

-       सेवाशूल्क परिमार्जन गर्नु पर्ने देखिएमा प्रस्ताव तयार गर्ने

खरिद संझौता एवं समझदारी

-       संझौता कार्यान्वयन कार्यविधि अध्यावधिक गर्ने

-       समझदारी र संझौतामा हस्ताक्षर गर्ने अख्तियारीको विवरण संवन्धित सबैलाइ जानकारी गराउने ।

-       अघिल्लो अवधिमा सम्पन्न संझौताको विवरण संकलन गर्ने

-       हस्ताक्षर भएका समझदारी र संझौताको कार्यान्वयन गर्न आवश्यक चेकलिष्ट तयार गरी जिम्मेवारी तोक्ने

-       समझदारी र संझौताको म्याद तथा कार्यान्वयन स्थिति रूजु गर्ने

-       संझौता पत्रहरूको नमुना संकलन गर्ने र तीन महले बनाउन लगार्इ तहाँ समावेश गर्नु पर्ने शर्तनामाहरू अध्यावधिक गर्ने

-       बस्तु वा सेवा खरिदका लागी प्रकाशन गरिने सुचनाको नमुना अध्ययन गरी अध्यावधिक गर्ने

-       अघिल्लो अवधिमा प्रकाशित सुचनाहरू संकलन गर्ने, अध्ययन गर्ने र अध्यावधिक गर्ने

-       समझदारी र संझौताहरूको सुरक्षा गर्ने जिम्मेवार कर्मचारी तोक्ने

-       कार्यान्वयन अवस्था रूजु गरी सो को मूल्याङ्कन गर्ने कर्मचारी तोक्ने ।

पर्व दिवस र उत्सव

-       संवन्धित कार्यालयको स्थापना दिवस आयोजनाको प्रारूप तथा कार्ययोजना तयार गर्ने

-       आम्दा नेपालले मनाउने दिवसहरूको सुचि अध्यावधिक गराउने

-       कार्यक्रम सञ्चालनको कार्यविधि तयार पारी अध्यावधिक गराउने

-       पाहुना/अतिथिहरूको परिचय एवं विवरण अध्यावधिक गराउने

-       पूर्व आयोजित उत्सव तथा दिवसहरूको इलेक्ट्रोनिक विवरण सुरक्षित भण्डारणको व्यवस्था गर्ने

 

 

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//