Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-05-20
Expiry Date: 2024-05-27

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०२।०७ गते
(अवधि वि.सं. २०८१।०१।३१ देखि २०८१।०२।०६ सम्म ई.सं. २०२४, २० औं हप्ता)

१. आम्दा अस्पतालको भबन निर्माण तथा विभिन्न तालिम प्रायोजक दाता को निधनमा शोक सभा सम्पन्न भएको छ l
मिति २०८१/०२/०२ गतेका दिन Nick Simons institute (NSI) को संस्थापक जिम सिमोन्सको निधनमा आम्दा अस्पतालमा शोक सभा सम्पन्न गरिएको छ l संस्थापक सिमोन्स को मिति २०८१-०१-२८ गते देहावसान भएको थियो l उक्त शोक सभा मा बोल्दै डा. प्रकाश शर्मा, डा. नबिन ढकाल, सुमन कुमार नेपाल, डा. शिखर कट्टेल, टिका देवी सुबेदी लगायतले आम्दा अस्पताललाई NSI ले गरेको योगदान बारे चर्चा गर्नु भयो र उहाँको विरासतलाई हामी सधैं सम्मान गर्नेछौं भन्दै गहिरो समबेदना प्रकट गर्नुभयो र हाम्रो विचार र प्रार्थना उनको परिवारलाई धर्य धारण गर्ने शक्ति मिलोस भन्ने धारणा ब्यक्त गर्नुभयो । उक्त कार्यक्रम बारेमा OPD ward इन्चार्ज श्री रक्क्षा अधिकारीले जानकारी दिनुभयो l

२. आम्दा अस्पतालमा नियमित बैठक सम्पन्न भएको छ l
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८१।०२।०२ गते अस्पतालको प्रशासन र वार्ड इन्चार्जहरुको बैठक सम्पन्न भएको छ l अस्पतालमा लागु भएका स्वास्थ्य बिमा र सामाजिक सुरक्षा  कार्यक्रममा बिरामिबर्गलाई पर्न गएको असुबिधा तथा अस्पताल लाई Hospital Documentation मा आइपर्ने समस्याहरु, Claim मा हुने समस्याहरुका बिषयहरुमा छलफल सम्पन्न भयो l समस्याहरु बारे छलफल गर्दै अस्पताल मेसु. डा. प्रकाश शर्माले कार्यक्रम बारे विस्तृत रुपमा जानकारी गराउनुभयो साथै आगामी दिनमा चाडै अस्पतालमा देखापरेका समस्याहरु चाडै समाधान हुने बिषयहरुमा बिस्वाश दिलाउनु भयो l उक्त कार्यक्रम बारेमा OPD ward इन्चार्ज श्री रक्षा अधिकारीले जानकारी दिनुभयो l

३. QR Payment को लागी WIFI जडान गरिएको सम्बन्धमा l
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८१।०२।०६ गते अस्पतालको दर्ता कक्षमा QR Payment को लागी WIFI को सुबिधा पनि थप गरिएको छ l अस्पतालमा बिरामिबर्गलाई पर्न गएको असुबिधा लाई ध्यान मा राखेर QR Payment को लागी WIFI सुबिधाको ब्यबस्था गरिएको हो l QR Payment को पछाडिको भागमा QR Code को sticker टासीएको हुनाले WIFI Connection गर्न सजह हुने कुरा IT इन्चार्ज श्री दिपक रेग्मीले जानकारी दिनुभयो l

धन्यवाद,

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.