Gokarneshwar-6, Jorpati, Kathmandu, Nepal Tel: +977-1-4910235, 4911140

Published Date: 2082-09-27
Expiry Date: 2082-10-03

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।०९।२७, आइतवार

अवधिः वि.सं २०८२।०९।२० देखि वि.सं.२०८२।०९।२६ गते सम्म

साप्ताहिक अंक: ०२/२०२६

१.     कर्मचारी विवरण ।

संस्था मातहत विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरूको पद मिलानका लागी सिफारिश भइ आएको कार्यालयस्तरमा कार्यरत कर्मचारीहरूको पूर्ण विवरण अध्यावधिक गरी पठाउन वि.सं. २०८२।०९।२१ गते परिपत्र (११३६०) जारी गरिएको छ ।

२.     श्रम परिक्षण प्रतिवेदन पेश ।

आम्दा नेपालको श्रम परिक्षण सम्पन्न गरी सो को प्रतिवेदन वि.सं. २०८२।०९।२५ गते श्रम कार्यालय, काठमाडौंमा पेश गरिएको छ ।

३.     आपूर्तिकर्ता छनौट ।

आम्दा नेपालले प्रिन्टर टोनर खरिदको लागी वि.सं. २०८२।०९।१५ गते प्रकाशन गरेको सुचना नं. १११३७ वमोजिम रितपूर्वक प्राप्त दरभाउ प्रस्तावको मूल्याङ्कन पश्चात् सारभुत रूपमा योग्य आपूर्तिकर्ता छनौट सम्वन्धि सुचना नं. ११३६१ वि.सं. २०८३।०९।२३ गते प्रकाशन भएको छ ।

४.     कार्यकारिणी समितिको भ्रमण ।

आम्दा नेपालका अध्यक्ष डा. रोहित कुमार पोखरेल, उपाध्यक्ष डा. यज्ञराज पाठक, सचिव डा. दुर्गा प्रसाद भँडारी, सदस्य डा. दिपक कुमार अर्याल एवं कार्यक्रम निर्देशक सुदेश रेग्मी समेतको टोलीले आम्दा नेपाल मातहत कोशी प्रदेशमा सञ्चालित कार्यक्रमहरूको वि.सं. २०८३।०९।२३ देखी २५ गते सम्म परिचयात्मक भ्रमण सम्पन्न भएको छ । यसै भ्रमणको शिलसिलामा आम्दा मेची अस्पतालका साझेदार संस्थाहरू विच अस्पताल सञ्चालन तथा व्यवस्थापन निर्देशिका जारी विषयमा जुटेको सहमति वमोजिम हस्ताक्षर गर्ने कार्य समेत सम्पन्न भएको छ ।

५.     कार्यक्रम प्रस्तावना ।

आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिका विच विभिन्न चरणमा भएको छलफल पश्चात् जुटेको सहमति वमोजिम महिलाहरूको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर सञ्चालनको लागी वि.सं. २०८२।०९।२९ गते संशोधित कार्यक्रम प्रस्ताव पेश गरिएको छ ।

६.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।०९।२७ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

 

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

तालिम तथा कर्मचारी क्षमता विकाश

-       कामको संक्षिप्त विवरण

-       तालिम व्यवस्थापन कार्यविधि अध्यावधिक गर्ने

-       तालिम सञ्चालनका लागी  आवश्यक सरसामान र चेकलिष्ट अध्यावधिक गर्ने

-       तालिम भत्ता सुविधा व्यवस्था रूजु गरी अध्यावधिक गर्ने

-       तालिम योजना रूजु गर्ने

-       तालिमको आवश्यकता पहिचान गरी अध्यावधिक गर्ने

-       कर्मचारी सेवाकालिन प्रशिक्षण तथा अवलोकनको योजना अध्यावधिक गर्ने

-       कर्मचारी प्रशिक्षण संग्रह अध्यावधिक गर्ने

-       कार्यालयस्तरको आवश्यक तालिमका लागी योजना तयार गरी आन्तरिक तालिम सञ्चालन गर्ने

-         

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//