Gokarneshwar-6, Jorpati, Kathmandu, Nepal Tel: +977-1-4910235, 4911140

Published Date: 2083-01-27
Expiry Date: 2083-02-02

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८३।०१।२७, आइतवार

अवधिः वि.सं २०८३।०१।२० देखि वि.सं.२०८३।०१।२६ गते सम्म

साप्ताहिक अंक: १९/२०२६

१.           आम्दा नेपालको ६८ औं साधारण सभा आव्ह्रान ।

आम्दा नेपालको ६८ औं साधारण सभा वि.सं. २०८३।०२।२३ गते विहान ९ वजे आम्दा नेपालको केन्द्रिय कार्यालयको सभाकक्षमा प्रारम्भ हुने गरी आव्ह्रान भएको छ ।

२.           परियोजना मूल्याङ्कन प्रतिवेदन ।

दातृ संस्थाबाट प्राप्त सहयोगमा आम्दा नेपालले सञ्चालन गरेको CT Scan सेवा सञ्चालन परियोजनाको फेब्रुअरी २०२४ देखी डिसेम्बर २०२४ सम्मको र इ.सं. २०२३ सेप्टेम्बर देखी २०२४ सेप्टेम्बर सम्मको इपिक परियोजनाको समाज कल्याण परिषद्बाट मूल्याङ्कन सम्पन्न भइ वि.सं. २०८३।०१।२४ गते प्रतिवेदनहरू प्राप्त भएकोमा प्रतिवेदनमा उल्लेखित सुझाव कार्यान्वयनका लागी सम्वन्धित कार्यालयलाइ निर्देश गरिएको छ ।

३.           दर्ता नविकरण ।

आम्दा नेपाल संस्था समाज कल्याण परिषद्मा आवद्ध रहेकोमा आवद्धताको प्रमाणपत्र वि.सं २०८५ असार मसान्त सम्मका लागी नविकरण वि.सं २०८३।०१।२४ गते सम्पन्न भएको छ । यस संगै आम्दा नेपालका मातहतका कार्यालयहरूलाइ दर्ता नविकरण गराउनु पर्ने विषयहरूको हकमा सुचि तयार गरी अध्यावधिक सुची पठाउन निर्देश गरिएको छ । 

४.           आम्दा नेपालको प्रतिनिधि मनोनयन ।

वि.सं. २०८३।०१।१६ गते सम्पन्न कार्यकारिणी समिति बैठकको निर्णयानुसार आम्दा मेची अस्पतालको विकास समितिमा आम्दा नेपालको प्रतिनिधिको रूपमा स्थानिय समाजसेवी श्री विजय डालमिया अर्को व्यवस्था नहुन्जेल सम्मका लागी मनोनयन हुनु भएको छ । 

५.           विमा नीति पुनरावलोकन ।

आम्दा नेपालको च.नं. ११५८४ को पत्रानुसार विमा नीति पुनरावलोकन भइ परिपत्र जारी भएको छ ।

६.           नतिजा प्रकाशन ।

कर्मचारी छनौटको लागी आम्दा नेपालले प्रकाशन वि.सं. २०८२।१०।०४ गते प्रकाशन गरेको सुचना नं. ११३६८ वमोजिम अन्तिम नतिजा (सुचना नं. ११५६१ ) वि.सं. २०८३।०१।२२ गते प्रकाशन गरिएको छ ।

७.           आन्तरिक विज्ञापन प्रकाशन ।

आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिका विच सम्पन्न समझदारी अनुरूप स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर सञ्चालन गर्न कार्यक्रम अधिकृत पदमा आन्तरिक विज्ञापन (सुचना नं. ११५८१ ) प्रकाशन गरिएको छ ।

८.           रोजगारी अन्तको सुचना ।

आम्दा नेपाल मातहतका कार्यालयमा कार्यरत कर्मचारीको जुनसुकै कारणले रोजगारी अन्त हुने परिस्थिति आएमा सम्वन्धित कार्यालयले प्रचलित नियमानुसार पूर्व सुचना दिनुहुन च.नं. ११५८९ को पत्र सहित निर्देश गरिएको छ ।

९.           आपूर्तिकर्ता छनौट ।

आम्दा नेपालले वि.सं. २०८२।१२।२५ गते प्रकाशन गरेको सुचना नं. ११५३१ वमोजिम सरसफाइ तथा सुरक्षा कर्मचारी आपूर्तिकर्ता छनौट सिफारिश सम्पन्न भएको छ ।

१०.      श्रम विवादको फैसला ।

आम्दा नेपालका एक पूर्व कर्मचारीले सेवाबाट हटाएको निर्णय उपर चित्त नबुझी श्रम अदालतमा पुनरावेदन निवेदन दिनुभएकोमा वि.सं. २०८३।०१।२२ गते शुरू निर्णय सदरको फैसला भएको छ ।

११.      धरौटि जमानत ।

आम्दा नेपालका मातहतका कार्यालयहरूलाइ धरौटि तथा जमानतको विवरण तयार गरी अध्यावधिक भएको विवरण पठाउन निर्देश गरिएको छ ।

१२.      सहयोग परिचालन ।

विभिन्न दातृ संस्थाहरूको सहयोगमा परिचालित कार्यक्रमहरूको विवरण अध्यावधिक गरी जानकारी गराउन आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूलाइ निर्देश गरिएको छ ।

१३.      नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८३।०१।२७ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

नीति, नियम, कार्यविधि तथा निर्देशिका

-       जारी भर्इ गरिसकेका मापदण्ड, कार्यविधि, नीति, नियम, निर्देशिकाहरूको सुची अध्यावधिक गर्ने ।

-       कार्यक्रम सञ्चालनका क्रममा आवश्यक ठानिएका कार्यविधिहरूको सुची अध्यावधिक गर्ने र तयारीको कार्ययोजना वनाउने ।

-       संशोधन आवश्यक ठानिएकोमा तीन महले तयार गर्ने ।

-       जिम्मेवार कर्मचारीलाइ पुर्नताजगी प्रशिक्षण दिने ।

-       कार्यविधि अनुरूप काम गर्न आवश्यक ढाँचा नमूनाहरू तयार गरी सवन्धित कार्यविधिको अनुसुचीको रूपमा संग्रहित गर्ने ।

लेखा परिक्षण

-       आन्तरिक लेखा परिक्षणको अभ्यास र प्रतिवेदन उपर छलफल ।

-       आन्तरिक लेखा परिक्षण प्रतिवेदनको कार्यान्वयन समिक्षा ।

-       अघिल्लो अवधिमा सम्पन्न लेखा परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन अवस्था रूजु गर्ने ।

-       लेखा परिक्षक नियुक्ति र काम थालनीको व्यवस्था मिलाउने ।

-       लेखा परिक्षणमा उठेका सवालहरूको कार्यान्वयन स्थितिको मुल्याङ्कन तथा अनुगमनका लागी चेकलिष्ट तयार गर्ने ।

-       बेरूजु फर्योटका लागी कार्ययोजना तयार गर्ने ।

-       लेखा अनुशासनका लागी विद्धमान नीति विलश्षेण गरी आवश्यकता अनुरूप नयाँ नीति तर्जुमा गर्ने ।

-       बैंक खाताहरूको स्थिति पहिचान तथा विवरण अध्यावधिक गर्ने ।

-       कार्यक्रमहरूको प्रगति मूल्याङ्कन गर्ने गराउने ।

कार्यक्रम स्विकृति

-       सञ्चालनमा रहेका कार्यक्रमहरूको नविकरण तथा स्विकृतिका लागी आवश्यक व्यवस्था गर्ने ।

-       सम्पूर्ण कार्यक्रमहरूको छुट्टाछुट्टै प्रगति विवरण अध्यावधिक गर्ने ।

-       प्रगति विवरणहरू समाजकल्याण परिषदमा पेश गर्ने ।

-       प्रगति विवरणहरू स्थानिय निकायमा पेश गर्ने ।

-       प्रगति विवरणहरू दातृ निकायमा पेश गर्ने ।

-       प्रतगि विवरणहरू सार्वजनिक गर्ने ।

-       नयाँ कार्यक्रम सञ्चालन तथा स्विकृतिका लागी आवश्यक व्यवस्था मिलाउने ।

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//