Gokarneshwar-6, Jorpati, Kathmandu, Nepal Tel: +977-1-4910235, 4911140

Published Date: 2083-01-06
Expiry Date: 2083-01-12

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८३।०१।०६, आइतवार

अवधिः वि.सं २०८२।१२।२९ देखि वि.सं.२०८३।०१।०५ गते सम्म

साप्ताहिक अंक: १६/२०२६

१.     शिलवन्दी दरभाउ आव्ह्रान ।

केन्द्रिय कार्यालयको प्रयोजनको लागी खानेपानी फिल्टर आवश्यक परेकोमा इच्छुक सप्लायर्सहरूबाट वि.सं. २०८३।०१।०२ गते सुचना नं. ११५३७ प्रकाशित गरी दरभाउ प्रस्ताव आव्ह्रान गरिएको छ । त्यसैगरी केन्द्रिय कार्यालयको भर्याङ्गमा कार्पेट बिच्छाउन वि.सं. २०८३।०१।०२ गते सुचना नं. ११५३८ प्रकाशित गरी दरभाउ प्रस्ताव आव्ह्रान गरिएको छ ।

२.     संस्था नविकरण सम्पन्न

आम्दा नेपाल संस्थाको जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रहेको दर्ताको नविकरण वि.सं. २०८३।०१।०४ गते सम्पन्न भएको छ ।

३.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८३।०१।०६ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

 

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

विपद् व्यवस्थापन

-       आकस्मिक सेवा सञ्चालन कार्यविधि अध्यावधिक गर्ने ।

-       विपद् व्यवस्थापन तथा पूर्वतयारी सम्वन्धि तालिम सञ्चालन गर्ने ।

-       विपद् सम्वन्धि आकस्मिक स्वास्थ्य सेवा सञ्चालनका चेकलिष्ट रूजु गर्ने ।

-       विपद् व्यवस्थापन सम्वन्धि सरसामानको न्युनतम भण्डारण सुनिश्चित गर्ने ।

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//