Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-04-06
Expiry Date: 2020-04-12

 मिति: २०२०/०४/०६
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 मुख्य गतिविधिहरु (१५ हप्ता):

आन्तरिक व्यवस्थापन समितिको वैठक सम्पन्नः
आम्दा अस्पताल आन्तरिक व्यवस्थापन समितिको बैठक १९ चैत्र २०७६ का दिन आम्दा अस्पताल, दमकका मे.सु. तथा आम्दा अस्पताल, आन्तरिक व्यवस्थापन समितिका अध्यक्ष डा. नविन ढकालको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त बैठकमा विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ संक्रमणको रोकथाम, नियन्त्रण र न्यूनिकरणका निमित्त सिमित स्रोत र साधनबाट कसरी सुरक्षित रहने र गराउने भन्ने विषयमा व्यापक छलफल भयो ।
 
बैठकले उपचारको क्रममा अग्रपंङतिमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई व्याक्तिगत सुरक्षात्मक सामाग्रीहरू सम्भव भएसम्म यथासिघ्र खोजी गरि उपलव्ध गराउने । वैकल्पिक रूपमा स्थानिय स्तरमा उपलव्ध भएको सामाग्रीबाट व्यक्तिगत सुरक्षात्मक सामाग्रीहरू तयार गरि यथासिघ्र स्वास्थ्यकर्मीहरूलाई वितरण गर्ने । अस्पतालको आपतकालीन र अत्यावश्यक सेवाहरूलाइ निरन्तरता गर्ने  निर्णय समेत गरिएको छ ।
 
धन्यवाद l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.