Gokarneshwar-6, Jorpati, Kathmandu, Nepal Tel: +977-1-4910235, 4911140

Published Date: 2082-12-15
Expiry Date: 2082-12-21

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।१२।१५, आइतवार

अवधिः वि.सं २०८२।१२।०८ देखि वि.सं.२०८२।१२।१४ गते सम्म

साप्ताहिक अंक: १३/२०२६

१.     सफ्टवेयर प्रयोगकर्ता खाता ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूको सफ्टवेयर पहुँचको लागी प्रयोगकर्ता खाता श्रृजना गरी सम्वन्धित कर्मचारिहरूलाइ वि.सं. २०८२।१२।१० गते अभिमुखीकरण प्रदान गरिएको छ ।

२.     श्रम समन्वय ।

श्रम अदालतमा विचारधिन मुद्दाको विषयमा सि.बा.म अस्पताल व्यवस्थापन र आम्दा नेपालको तर्फबाट नियुक्त परामर्शदाता विच परिचयात्मक तथा समन्वय बैठक वि.सं. २०८२।१२।१२ गते सम्पन्न भएको छ ।

३.     परिचयपत्रको नयाँ ढाँचा ।

आम्दा नेपालको प्रकाशन कार्यविधि अनुरूप कर्मचारी परिचयपत्रमा प्रयोगहुने रङ् सहित वि.सं. २०८२।१२।११ गते नयाँ ढाँचा निर्धारण गरिएको छ ।

४.     निशुल्क औषधि प्राप्त गर्ने संझौता ।

 सि.बा.म. अस्पताल र अमेरिका स्थित डायरेक्ट रिलिफ नामक संस्था विच सि.बा.म. अस्पतालमा निशूल्क उपचार गरिने चिनीरोगका विरामीहरूलाइ प्रदान गरिने औषधि प्राप्त गर्ने सम्वन्धमा भएको संझौतापत्र वि.सं. २०८२।१२।११गते प्राप्त भएको छ ।

५.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।१२।१५ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

द्वन्द र गुनासो व्यवस्थापन

-       कामको संक्षिप्त विवरण

-       कार्यस्थलको गुनासा र द्वन्द व्यवस्थापन नीति अध्यावधिक गर्ने

-       सेवाग्राहीका गुनासा र सुझाव कार्यान्वयन स्थितिको प्रतिवेदन तयार गर्ने

धन्यवाद

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//