Gokarneshwar-6, Jorpati, Kathmandu, Nepal Tel: +977-1-4910235, 4911140

Published Date: 2082-11-25
Expiry Date: 2082-11-30

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि

 


प्रकाशन मितिः २०८२।११।२५, सोमवार

अवधिः वि.सं २०८२।११।१७ देखि वि.सं.२०८२।११।२३ गते सम्म

साप्ताहिक अंक: १०/२०२६

१.     कार्यकारिणी समितिको बैठक सम्पन्न ।

आम्दा नेपालका उपाध्यक्ष डा. यज्ञराज पाठकको अध्यक्षतामा कार्यकारिणी समितिको छैटौं बैठक वि.सं. २०८२।११।१६ गते सम्पन्न भएको छ ।

२.     आम्दा नेपालको ३५ औं वार्षिकोत्सव ।

आम्दा नेपालको ३५ औं वार्षिकोत्सवको उपलक्षमा शुभकामना आदान प्रदान, नयाँ कार्यक्रम शुरूवात, उत्कृष्ठ कर्मचारी पुरस्कार, ओ.पि.डि. निशुल्क एव. फलफुल वितरण लगायतका कार्यक्रम गरी मनाइएको छ । यसै अवसरमा केन्द्रिय कार्यालयमा आयोजि एक समारोहमा म्दा नेपालको ३६ औं स्थापना दिवस वि.सं. २०८२।११।२० गते शुभकामना आदान प्रदान गर्दै हर्षोल्लास पूर्वक सम्पन्न भएको छ । स्थापना दिवसको शुभकामना समारोहमा आम्दा नेपालका सचिव डा. दुर्गा प्रसाद भँडारी, पूर्व अध्यक्ष डा. ऋषिकेश नारायण श्रेष्ठ लगायतका पदाधिकारीहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

३.     कर्मचारी दरवन्दी संशोधन ।

आम्दा मेची अस्पतालको रेडियोग्राफी सेवाको सुदृढीकरणका लागी डार्क रूम एसिष्टेन्टको सट्टामा वि.सं २०८२।११।१७ गते रेडियोग्राफर पदको दरवन्दी कायम गरी संशोधन गरिएको छ ।

४.     फिजियोथेरापी सेवा सञ्चालन सहमति ।

आम्दा अस्पताल दमकमा फिजियोथेरापी सेवा सञ्चालन गर्न वि.सं २०८२।११।१७ सहमति प्रदान गरिएको छ ।

५.     निर्वाचन विदा ।

आकस्मिक सेवामा वाधा नपुग्ने गरी निर्वाचनको बेला मतदान गर्ने दिन एक दिन विदा प्रदान गर्न सकिने नीतिगत व्यवस्था कायम गरी वि.सं. २०८२।११।१७ परिपत्र गरिएको छ ।

६.     सहयोग लिने संझौताको सहमति ।

सि.बा.म. अस्पतालले सञ्चालन गर्दै आएको निशुल्क डायवेटिक क्लिनिकको प्रयोगको लागी दाताहरूबाट सहयोग लिने संझौता गर्न मे.सु. लाइ वि.सं. २०८२।११।१७ सहमति सहित अख्तियारी प्रदान गरिएको छ ।

७.     नियमित साप्ताहिक बैठक ।

वि.सं. २०८२।११।२५ गते, सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामको जानकारी तथा निर्णयको सारांश ।

क्र. सं.

कामको विवरण तथा निर्णयको सारांश

स्थानिय सहयोग परिचालन

-       स्थानिय सहयोग परिचालन नीति तथा कार्ययोजना अध्यावधिक गर्ने

-       स्थानिय व्यवस्थापन कार्यविधि अध्यावधिक गर्ने (तीन महले)

-       स्थानिय व्यवस्थापन समितिको संरचना अध्यावधिक गराउने

-       स्थानिय व्यवस्थापन समितिको बैठकका निर्णयहरू अध्यावधिक गराउने

-       स्थानिय व्यवस्थापनमा आम्दा नेपाल, के.का.को सम्वन्ध विस्तारका लागी आवश्यक व्यवस्था मिलाउने

नियमित निरिक्षण र मरमत संभार

-       शाखागत नियमित निरिक्षण चेकलिष्ट अध्यावधिक गर्ने

-       नियमित सर्भिसिङ् तालिका अध्यावधिक गर्ने

-       कार्यालय परिसरको पूर्ण निरिक्षण (पानी, ढल, विजुली, टेलिफोन, उपकरण, फर्निचर, सवारीसाधन, भवन/कोठा) गर्ने

-       मरमत आवश्यक देखिएमा मरमत गर्ने

-       काम नलाग्ने सरसामान छुट्टाइ नष्ट गर्ने सुची अध्यावधिक गर्ने

 

आम्दा नेपालको ३५औं वार्षिकोत्सव समारोहमा सचिव, डा. दुर्गा प्रसाद भँडारीले शुभकामना मन्तव्य दिनुहुदै ।

 

धन्यवाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.



//