Published Date: 2025-02-03
Expiry Date: 2025-02-10
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।१०।२१ गते l
(अवधि वि.सं. २०८१।१०।१४ देखि २०८१।१०।२० सम्म ई.सं. २०२५, ५-औं हप्ता)
१. Nepal Society of Obstetricians and Gynaecologists-NESOG द्वारा अस्पताल को निरीक्षण सम्पन्न ।
Nepal Society of Obstetricians and Gynaecologists-NESOG ले आम्दा अस्पतालमा सहयोग गर्ने हेतु अस्पतालको भ्रमण गरेको छ l NESOG का प्रतिनिधिले उक्त अवसरमा अस्पताललाई सहयोग प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ l उक्त कार्यक्रममा आम्दा अस्पताल, दमक बाट डा. नबिन ढकाल, डा. प्रकाश शर्मा, डा. शिखर कटेल, पुनम गौरो, सुमन कुमार नेपाल, भिम धमला, कमला घिमिरेले लगायत अन्य अस्पतालका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो l
२. तालिममा प्रशिक्षक पठाइएको सम्बन्धमा ।
श्री नेपाल सरकार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुको आयोजना मिति २०८१/१०/०३ देखि ६० दिनसम्म सम्म संचालन भएको, “MLP” तालिममा प्रशिक्षक पठाइएको छ l लागि यस आम्दा अस्पताल, दमकबाट पुनम गौरोलाई(प्रशासक नर्सिंग) प्रशिक्षकको रुपमा सहभागिताको लागि मनोनित गरी पठाईएको थियो l
३. आम्दा अस्पतालमा राष्ट्रिय नर्सिंग दिवस मनाइएको छ ।
मिति १४ माघ २०८१ राष्ट्रिय नर्सिंग दिवस आम्दा अस्पतालमा विभिन्न कार्यक्रमहरु गरि मनाइयो । विषेश गरि माघ १४ गतेलाई राष्ट्रिय नर्सिंग दिवस को अवसरमा मनाइने गरिन्छ । सो अवसरमा अस्पतालमा कार्यरत नर्सहरुले नर्स भएर गरेको मानविय सेवाको स्मरण गर्दै नर्सिंग दिवस मनाइएको छ । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शिखर कटेलले अस्पतालको सेवालाई गुणस्तरिय बनाउनकालागि डाक्टरहरुको जस्तै नर्सहरुको भूमिका पनि उत्तिकै हुने भन्दै सबैको समान कर्तब्य रहेको धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा नर्सहरुले आफु काम गरिरहेका वार्डमा रहेका विरामीहरुलाई मिठाई, बिस्कुट तथा फलफूल वितरण गरिएको थियो साथै अस्पतालमा कार्यरत नर्स हरुलाई सम्मान पनि गरिएको थियो l
धन्यवाद,