Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-12-30
Expiry Date: 2020-01-13

मिति २०७६।०९।१४
         
साप्ताहिक समाचार

१. कार्यकारिणी समिति बैठक सम्पन्न

आम्दा नेपाल कार्यकारिणी समितिका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा मिति २०७६।०९।०९ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो ।

क. कर्मचारीहरुको तहवृद्दि/पदोन्नति गर्ने निर्णय भयो ।

ख. कर्मचारीहरुको नियुक्तिको अनुमोदन गर्ने निर्णय भयो ।

ग. श्रम तथा रोजगार कार्यालय, झापाको मिति २०७६।०९।०९ गतेको पत्र सम्बन्धमा आम्दा नेपालको केन्द्रिय प्रतिनिधि आम्दा अस्पतालका मे.सु. डा. नविन ढकाललाई तोक्ने निर्णय गरियो ।

घ. आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पतालहरू नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रम लागु गर्न अस्पतालहरुलाई सूचिकारण गर्ने निर्णय भयो ।

ङ. आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पतालहरू नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रम लागु गर्न अस्पतालहरुलाई सूचिकारण गर्ने निर्णय भयो ।

च. आम्दा नेपालको आ. व. २०७६/७७ को लेखा परिक्षणका लागि जि एण्ड जि एसोसिएट्सको प्रस्ताव बमोजिम लेखा परिक्षण जि एण्ड जि एसोसिएट्स नियुक्ति गर्ने निर्णय भयो ।

छ. आम्दा नेपालका नाममा सञ्चालित बैक खाताहरु मध्ये लामो समय देखि सञ्चालनमा नरहेका बैक खाताहरु बन्द गर्न निर्णय भयो ।

ज. आम्दा नेपालद्वारा सञ्चालित अस्पताल तथा परियोजनाहरुको स्विकृत कार्यक्रम र योजना वा थप क्रार्यक्रम र बजेट(सिबाम अस्पतालको बजेट स्थानान्तरण तथा कम्प्युटर खरिद, आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका लागि ४० सिट क्षमताको बस खरिद, कर्मचारी संचय कोष फिर्ता भुक्तानी, भुटानी शरणार्थिका लागि प्राथमिक स्वास्थ्य परियोजनाको कार्यक्रम बमोजिम छात्रवृत्ति प्रदान गर्न शैक्षिक संस्था छनौट, कर्मचारीहरुको उपदान रकम फिर्ता भुक्तानी, आम्दा अस्पताल,दमकमा शैया थप कार्यक्रम र बजेट स्थानान्तरण, आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कक्षा कोठा थप कार्यक्रम र बजेट ) सवीकृत गर्ने निर्णय भयो ।

२. समन्वयात्मक बैठक सम्पन्न

मिति २०७६।०९।१० मा आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दास, सचिव डा. यज्ञराज पाठक, डा. रामेश्वर पोखरेल, प्रशासक उमेश प्रसाद आचार्य र गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, मुख्य प्रशासक अग्नि प्रसाद अधिकारी, नारायण सुवेदीको उपस्थितिमा दुवै पक्षबीच गोकर्णेश्वर नगरपालिका क्षेत्रमा सामुदायिक स्वास्थ्य कार्यक्रम संचालन गर्न समझदारीपत्र तयार गरि कार्यक्रम संचालन गर्ने सम्बन्धमा छलफल सम्पन्न भएको छ ।
 


 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.