Dang
भवन निर्माण अनुगमन समितिको गठन

२०७६ साल पौष १८ गते भएको वडा न. १ कार्यलय मा आम्दा नेपाल द्वारा निर्माण गरिने सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण सम्बन्धि छलफल को लागि बैठक संचालन भएको छ । बैठक मा आम्दा नेपाल का कार्यक्रम अधिकृत रोहित मुल्मी श्रेष्ठ, सामुदायिक स्वास्थ्य परिचालिका बर्षा पाण्डे तथा आम्दा माईन्डस् का इन्जिनियर नबिन अधिकारी ले सहभगीता जनाउनु भएको थिए । बैठकमा वडा नम्बर १ को कालाकाटे मा निर्माण हुन लागेको सामुदायिक स्वास्थ्य इकाइ का लागि वडा न. १ का वडा अध्यक्ष को अध्यक्षतामा ७ सदस्यीय अनुगमन समिति गठन गरियो । यस अनुगमन समितिले सामुदायिक स्वास्थ्य इकाइ को निर्माण तथा बिविध गतिबिधि मा अनुगमन गर्ने र निर्माण सम्पन्न पस्चात यस समिति सोतह व्यवस्थापन समिति मा परिणत हुने सर्वसम्त बाट निर्णय गरिएको छ ।
-786.jpg)
आम्दा नेपाल, मातृ तथा शिशु स्वास्थ्य परियोजना, गढवा दाङ को बार्षिक योजना अनुसार समुदायमा मातृशिशु स्वास्थ्य सम्बन्धि स्वास्थ्य शिक्षा, सुचना तथा संचार को लागि स्वास्थ्य सुचना सहित को होर्डिंग बोर्ड राखिने कार्यक्रम को लागि गढवा गाउपलिकाका सबै बडाहरुसंग छलफल प्रक्रिया अगाढी बढेको छ । परियोजनाको टोलि ले सम्बन्धित वडा कार्यालयका अध्यक्ष तथा सदस्य हरुसंग भेट तथा छलफल गरि होर्डिंग बोर्ड राखिने ठाउँ को छनोट आशिंक रुपमा गरेको छ। स्वास्थ्य सुचना सहित को होर्डिंग बोर्ड मानिस आवतजावत बढि हुने ठाउँ मा राखिने भएको छ।
स्वास्थ्य आमा समूह को बैठकको सहजीकरण
स्वास्थ्य आमा समूह को बैठकको सहजीकरणको लागि गत हप्ता आम्दा नेपाल का सामुदायिक स्वास्थ्य परिचालक हरु द्वारा गढवा गाउँ पालिका अन्तर्गत वडा न. १ को मलमला मा ३ , वडा न. ३ को गोबरडिहा, वडा न. ४ को पर्शा, रामनगर र हडैया, वडा न. ५ को बाकी र वडा न. ६ को तल्लो मधपुर मा गरि जम्मा ९ स्थानका स्वास्थ्य आमा समुहहरुको बैठक तथा छलफलमा प्राबिधिक सहयोग गरेका छन् ।
खोप क्लिनिक तथा गाउँ घर क्लिनिकमा आम्दा नेपालको प्राबिधिक सहयोग
आम्दा नेपालका सामुदायिक परिचालकद्वारा गोबरडिहा स्वास्थ्य चौकी र गढवा स्वास्थ्य चौकी अन्तर्गतका गाउँघर क्लिनिक र खोप क्लिनिक मा प्राबिधिक सहयोग गरेका छन् । परियोजनाका स्वास्थ्य परिचालक सुनिता चौधरी क्रमस गोबरडिहा स्वास्थ्य चौकी अन्तर्गत गोबरडिहा र अनुशा यादव ले गढवा स्वास्थ्य चौकीमा संचालित गाउँघर क्लिनिक तथा खोप क्लिनिकको सेवा प्रबाह मा प्राबिधिक सहयोग तथा सेवाग्राही लाइ आबस्यक स्वास्थ्य शिक्षा प्रदान गर्नु भएको थियो ।