Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-01-01
Expiry Date: 2024-01-08

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८०।०९।१६ गते,
(अवधि वि.सं. २०८०।०९।०९  देखि २०८०।०९।१५ सम्म । ई.सं. २०२३, ५२ औं हप्ता)

१. आम्दा अस्पतालको OPD Ward को नियमित बैठक सम्पन्न भएको छ l
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८०।०९।०९ गते अस्पताल प्रशासनको नियमित बैठक साथै OPD इन्चार्जको Handover कार्यक्रम पनि सम्पन्न भएको छ l OPD का समस्याहरुका बिषयहरुमा छलफल भएको छ र आगामी दिनमा उक्त समस्या चाडै समाधान हुने अस्पतालका मेशुले बिस्वाश दिलाउनु भयो l उक्त कार्यक्रमका बिच नयाँ OPD इन्चार्ज श्री रक्क्षा अधिकारी लाई मेट्रोन श्री पुनम गौरोले OPD को काम कर्तव्यहरू Immunization, OPD Duty Roster, ANC सम्बन्धि बिबिध विषयहरु अवगत गराउनु भयो l उक्त कार्यक्रममा अस्पतालका मे.शु. डा. प्रकाश शर्मा, मेट्रोन पुनम गौरो, Training इन्चार्ज टिका देवी सुबेदी, प्रशासक श्री सुमन कुमार नेपाल, भिम धमलाको उपस्थिती रहेको थियो l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.