Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-12-23
Expiry Date: 2024-12-28

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि
 

साप्ताहिक अंक: ५१/२०२४
प्रकाशन मितिः २०८१।०९।०८ गते, सोमबार
अवधिः वि.सं. २०८१।०८।३० देखि वि.सं. २०८१।०९।०६ गते सम्म (ई.सं. २०२४, ५१ औं हप्ता) ।


१. रणनीतिक योजना कार्यशाला सम्पन्न । 
वि.सं. २०८१ पुष ४ र ५ गते आम्दा नेपाल केन्द्रीय कार्यालयमा आयोजना गरिएको आम्दा नेपालको रणनीतिक योजना कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ । कार्यशाला आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलाल, सचिव डा. अनिल कुमार दास, कार्यक्रम निर्देशक श्री सुदेश रेग्मी र वित्त नियन्त्रक श्री रश्मी पुतुवार लगायत सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलबाट मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद पराजुली, शिक्षा विभाग प्रमुख तथा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राचार्य श्री सरिता रावल, प्रशासक श्री खगेन्द्र बहादुर क्षेत्री र अधिकृत श्री ज्ञानेन्द्र शर्मा, आम्दा अस्पताल दमकबाट मेडिकल सुरिन्टेन्डेन्ट डा. प्रकाश शर्मा, डेपुटी मेडिकल सुपरिन्टेन्डेन्ट डा. शिखर कट्टेल, शिक्षा विभाग प्रमुख तथा आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राचार्य श्री प्रमिला देवान र बरिष्ठ अधिकृत श्री प्रदिप श्रेष्ठ, आम्दा मेची अस्पताल धुलावारीबाट मेडिकल सुपरिन्टेन्डेन्ट डा. पोषण रमण त्रिपाठी र अधिकृत श्री किरण निरौला लगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

२. निवेदकहरूको मध्येबाट छोटो सूची प्रकाशन ।
आम्दा नेपालले वि.सं.२०८१।०८।१४ गते सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलका लागि सहायक पदमा पदपूर्तिका लागी सुचना नं. ०१०५६६ मार्फत योग्य निवेदकहरूको छोटो सूची प्रकाशन गरिएको छ ।

३. समन्वय बैठक सम्पन्न ।
आम्दा नेपालले सञ्चालन गर्दै USAID Sustainable HIV Epidemic Control परियोजनाको समन्वय मासिक समन्वय बैठक वि.सं. २०८१।०९।०२ गते USAID, FHI360, BDS एवं आम्दा नेपालका प्रतिनिधिहरूको सहभागितामा केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । यस बैठकमा आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलाल, सचिव डा. अनिल कुमार दास, कार्यक्रम निर्देशक श्री सुदेश रेग्मी, वित्त नियन्त्रक श्री रश्मी पुतुवार लगायत परियोजना प्रमुख तथा चिफ अफ पार्टि डा. किरण बास्तोला समेतको उपस्थिति रहेको थियो ।

४. कार्यविधि संशोधन ।
वि.सं. २०७१।०७।२१ गते सम्पन्न कार्यकारिणी समिति बैठकको निर्णयानुसार आम्दा नेपालको आर्थिक कार्यविधिको दोश्रो संशोधन वि.सं. २०८१।०९।०१ गते देखी लागु भएको छ । संशोधित कार्यविधि आम्दा नेपालको वेभपेजबाट समेत डाउनलोड गर्न सकिने व्यवस्था छ ।

५. नियमित साप्ताहिक बैठक ।
वि. सं. २०८१।०९।०८ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
नीति, नियम, कार्यविधि तथा निर्देशिका:
जारी भर्इ गरिसकेका मापदण्ड, कार्यविधि, नीति, नियम, निर्देशिकाहरूको सुची अध्यावधिक गर्ने, नयाँ व्यवस्थाको सन्दर्भमा कार्यान्वयन स्थिति र प्रशिक्षणको व्यवस्था गर्ने, आवश्यक ठानिएका कार्यविधिहरूको सुची अध्यावधिक गरी कार्ययोजना तयार गर्ने, संशोधन आवश्यक ठानिएकोमा तीन महले संकलन गर्ने । कार्यकारिणी समितिलार्इ जानकारी
प्रशासन
२०८११०१५
व्यवस्थापन कार्यशालाः
वस्थापन कार्यशालाका लागी कार्यसुची तयारी गर्ने,  व्यवस्थापन कार्यशालामा गरिने प्रस्तुतिको नमुना तयारी गर्ने, व्यवस्थापन कार्यशाला आयोजना गर्ने स्थान, सहभागी र कार्यतालिका निर्धारण गर्ने,  व्यवस्थापन कार्यशालाको प्रगति विवरण सार्वजनिक गर्ने, व्यवस्थापन कार्यशालाको सिफारिश कार्यान्वयनको अवस्था रूजु गर्ने
प्रशासन
२०८११०१५
आपूर्ति व्यवस्थापनः
आपूर्तिकर्ता छनौट कार्यविधि अध्यावधिक गर्ने, आपूर्तिकर्ता सुची अध्यावधिक गर्ने, सुचिकृत आपूर्तिकर्ताको प्रयोग र संवन्ध रूजु गर्ने, सुचिकृत आपूर्तिकर्ताको सुची इमेल लिष्टमा अध्यावधिक गर्ने, सुचिकृत आपूर्तिकर्ता र अन्य संस्थाबाट भए गरेको कारोवारको विवरण संकलन गरी अध्यावधिक गर्ने, कारोवारमा भए गरेको कर कट्टी र दाखिला विवरण संकलन गरी अध्यावधिक गर्ने
आपूर्ति
२०८११०१५



धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.