Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-12-17
Expiry Date: 2023-12-23

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०९।०९ गते, सोमवार
अवधिः वि.सं. २०८०।०९।०१ देखि २०८०।०९।०७ गते सम्म (ई.सं. २०२३, ५१औं हप्ता) ।
साप्ताहिक अंक: ५१/२०२३


१. सेवा प्रवाहका मापदण्ड तालिम । FHI 360 २. कार्यकारिणी समितिको बैठक सम्पन्न ।
आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालको अध्यक्षतामा आम्दा नेपाल कार्यकारिणि समितिको तेश्रो बैठक वि.सं. २०८०।०९।०५ गते निम्न बुँदामा छलफल गरि सम्पन्न भएको छ । ३. स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर ।
वि.सं. २०८०।०९।०७ गते आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत आम्दा गोकर्णेश्वर आरोग्य क्लिनिकमा शिविर सञ्चालन भएको छ । समाज कल्याण परिषद् बाट खटिइ आएको अनुगमन टोलीले समेत यस शिविरको अनुगमन निरिक्षण गरेको थियो । स.क.प. को अनुगमन टोलीले गोकर्णेश्वर नगरप्रमुख श्री दिपक रिजाल, उपप्रमुख श्री सान्नानी लामा, विशेषज्ञ चिकित्सक डा. योगेन्द्र प्रसाद सिंह, विशेषज्ञ चिकित्सक डा. निभा वझा, आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलाल, मुख्य प्रशासक श्री सुदेश रेग्मी, कार्यक्रम अधिकृत श्री श्रृजना श्रेष्ठएवं केही सेवाग्राहीसँग समेत छुट्टाछुट्टै भेटघाट तथा अन्तरकृया गरेको थियो ।

४. खाना र यसको महत्व सम्बन्धि प्रशिक्षण ।
मानिसको स्वास्थ्यमा खानपिनले पर्ने असरका बारेमा सचेत हुन आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालले आम्दा नेपाल केन्द्रिय कार्यालयमा कार्यरत कार्मचारीहरुलाई ‘खाना र यसको महत्व’ का बारेमा मिति २०८०।०९।०५ गते प्रशिक्षण प्रदान गर्नु भयो ।

५. राजिनामा स्विकृत ।
केन्द्रिय कार्यालयमा विशेष सेवा करारमा कार्यरत कर्मचारी श्री नविन परियारले सन् २०२४ जनवरी १ देखी लागु हुने गरी पेश गरेको राजिनामा स्विकृत गरिएको छ ।

६. नियमित साप्ताहिक बैठक
बि. सं २०८०।०९।०९ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
आन्तरिक तालिमः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने ।
  • मध्यस्तरका कर्मचारीहरूका लागी श्री उमेश प्रसाद आचार्य र रश्मी पुतुवार
  • सहयोगी कर्मचारीहरूका लागी अच्युत सापकोटा
तयारी अन्तिम चरणमा
डिजिटल बैकिङ् सेवाः
आम्दा नेपालको आर्थिक कारोवारलाइ डिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफलल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने ।
  • नीतिः उमेश प्रसाद आचार्य
  • व्यवस्थापनः रश्मी
पुतुवार, रामबाबु देव
 
 
श्रम परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने
अच्युत सापकोटा

२०८००९१५

सामाजिक परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने ।
अच्युत सापकोटा

२०८००७१५

आम्दा नेपालका फारमहरुको ढाँचालाई अन्तिम रुप दिई आम्दा नेपालको वेवसाईटमा राख्ने र समान प्रकृतिको काम सम्पुर्ण कार्यालयहरुले सोहि ढाँचा अनिवार्य रुपमा प्रयोग गर्न पत्राचार गर्ने । सुदेश रेग्मी

 

अस्पतालहरुको अघिल्लो पटक नविकरण हुदाँको समयमा तोकिएका शर्तहरुको प्रगति विवरण माग गर्ने । उमेश आचार्य

२०८००९१३

 
 

ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
   

 

   

 

 

ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
योजना, कार्यक्रम अनुरुपको वार्षिक क्यालेन्डर तयार गर्ने । उमेश आचार्य

 

नियमित बैठक, गतिविधिहरुको प्रकाशन र प्रगति प्रतिवेदन प्रकाशनमा जोड दिने । उमेश आचार्य

 

गोप्य तथा महत्वपूर्ण कागजातहरुको सुरक्षाका लागी आवश्यक व्यबस्था मिलाउने । सुदेश रेग्मी

 



धन्यबाद ! 
 
 
 
 

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.