Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-12-18
Expiry Date: 2023-12-24

आम्दा नेपाल
आम्दा मेची अस्पताल 
मेचीनगर १०, धुलावारी, झापा
 
प्रकाशन मितिः २०८०।०९।०२ गते, सोमवार
(अवधि वि.सं. २०८०।०८।२५ देखि २०८०।०९।०१ सम्म । इ.सं. २०२३, ५० औं हप्ता)

 
१. अस्पताल भवनको रंग रोगन सम्बन्धमा l 
आम्दा मेची अस्पताल धुलावारी झापाको अस्पताल भवनको अगाडी बाहिरि भागमा रंग रोगन (प्रईमर) लगाउने कार्य प्रारम्भ गरिएको छ l
रंग रोगन हुनु भन्दा अगाडीको आकृति
रंग रोगन शुरु भए पछीको आकृति
  
रंग रोगन गर्ने कार्यमा सहयोग गर्नुहुने स्थानीय समाजसेवी सहयोगी मन प्रति आम्दा नेपाल आभार प्रकट गर्दछ l 
२. क्षयरोग शुन्य नगरपालिका " मेचीनगर नगरपालिका" योजना तर्जुमा गोष्ठीमा सहभागीता सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापाको तर्फबाट मेचीनगर नगरपालिकालाई क्षयरोग न्यूनीकरण तथा शुन्यको लक्ष्य प्राप्तिमा आम्दा मेची अस्पतालले आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग गर्दै हाल उपलब्ध गराईदै आएको छातीको एक्सरे सेवालाई थप सरल तथा गुणस्तरीय बनाउने कार्यमा प्रतिबद्दता जाहेर गर्दै २०८०/०८/२८ गते सहभागिता जनाईयो l   

३. जग्गा हाल साविक कायम सम्बन्धमा l
आम्दा मेची अस्पताल धुलावारी झापा रहेको जग्गालाई  हाल साविक कायम गर्न जिल्ला नापी कार्यालय, झापाबाट यथाशिघ्र अमिन खटाउने बारे छलफल गरियो l  
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.